• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यान गाडी दुर्घटना अपडेट : दुई जनाको मृत्यु, १५ जना घाइते




दाङ । रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबहाक हाईस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका निवासी ६० बर्षीय कमारो कामी र दार्मा गाउँपालिका २ सल्यानका ३६ बर्षीय ओमपथ खत्री रहेको राप्ती प्रादेशिक अस्पताल स्रोतले बताएको छ । दुर्घटनामा परि अन्य १५ जना घाईते भएका छन् ।

अन्य घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए ।

लु २ ख ५७३१ नम्बरको यात्रु बहाक हाइस सल्यानको कपुरकोटमा दुर्घटना भएको हो । कपुरकोट गाउँपालिका – ३ आगरखोला नजिकै दिउँसो ३ बजेतिर दुर्घटनामा परेको हो। घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

घटना विवरणः

१.जि.रुकुम पश्चिम सानिभेरी गा.पा. ११ बस्ने बर्ष अ. ६० को कमारो कामी टाउकोमा र शरीरमा चोट अबस्था सिरीयस ,१६;३५ मा मृत्यु
२.जि.सल्यान दार्मा १ तिन टाकुरा बस्ने बर्ष ३२ को ईन्द्र ब. के.सी.टाउको र दुबै खुट्टामा चोट अबस्था मध्यम ।
३.ऐ.ऐ. २ ठाना गाऊ बस्ने बर्ष ५० को थिर्मु खत्री टाउको र अनुहारमा चोट अबस्था मध्यम ।
४.ऐ.ऐ। बस्ने बर्ष ३६ को ओमपद खत्री टाउको रअनुहारमा चोट अबस्था सीरीयस ऐ.१६;४८ बजे मृत्यु घोषणा ।
५. जि.रुकुम पश्चिम सानिभेरी गा.पा. ११काडागाऊ बस्ने बर्ष २० को भुषाल बि.क. कम्मर र हातमा चोट अबस्था सामान्य ।
६.जि.सल्यान दार्मा गा.पा. २ ठानागाऊ बस्ने बर्ष ५५ को टिकाराम के.सी. अनुहार ढाडमा चोट अबस्था मध्यम ।
७.ऐ.ऐ.बस्ने बर्ष २५ को रमेश के.सी. टाउको र दुबै खुट्टामा चोट अबस्था मधयम ।
८.जि. रुकुम पश्चिम सानी भेरी गा.पा. ११ धनरा बस्ने बर्ष १८ को नबराज वली दुबै खुट्टामा र दाहिने हातमा चोट अबस्था मध्यम ।
९.ऐ.ऐ. बस्ने बर्ष २७ को सन्तोष वली अनुहार र दाहिने हातमा चोट अबस्था मध्यम ।
१०.जि.सल्यान दार्मा गा.पा. १ भदाले खोला बस्ने बर्ष १७ को ललित वली कम्मर र बायाँ खुट्टामा चोट अबस्था सामान्य ।
११.ऐ.ऐ.बस्ने बर्ष १८ को मान ब. के.सी. टाउकोमा चोट अबस्था मध्यम ।
१२.जि.सल्यान सिद्दकुमाख गा.पा. २ ढोरचौर बस्ने बर्ष ३५ कि टिका बस्नेत टाउकोमा चोट अबस्थआ मध्यम ।
१३.जि.सल्यान दार्मा गा.पा. चिनटाकुरा बस्ने बर्ष ४२ कि रिता के.सी. कम्मर र अनुहारमा चोट अबस्था सामान्य ।
१४. जि.रुकुम पश्चिम त्रीबेनी ८ पेउगा बस्ने बर्ष ५२ कि नौमति खड्का अनुहारमा चोट अबस्था मध्यम ।
१५.जि.सल्यान दार्मा गा.पा. १ बस्ने बर्ष ३१ को प्रेम प्रकाश चन्द अनुहारमा चोट अबस्था मध्यम ।
१६.जि. रुकुम फश्चिम सानीभेरी गा.पा. १ बस्ने बर्ष ५० को जय ब. वली अनुहारमा चोट अबस्था मध्यम ।
१७.जि.रुकुम पश्चिम चौरजहारी न.पा.लौरेपानि १४ बस्ने बर्ष ४२ बिमला राना टाउकोमा चोट अबस्था मध्यम ।
नोट;-मृत्यु पुरुष २ ,मध्यम घाईते १२,सामान्य घाईते ३ जसमा महिला ४ जना ।

 

 

 

Facebook Comments