• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमबाट नेपालगंज जाँदै फोर्स गाडी सल्यानमा दुर्घटना




सल्यान । सल्यानको कपुरकोटमा यात्रुबहाक गाडी दुर्घटना भएको छ ।

रुकुमबाट नेपालगंज जाँदै गरेकाे फोर्स गाडी राप्ती राजमार्ग अंतरगत सल्यानकाे कपुरकाेट गाउँपालिका- ३ आगरखोेलामा दुर्घटना भएको छ । लु २ ख ५७३१ नम्बरकाे फोर्स गाडी भर्खरै दुर्घटनामा परेकाे हाे ।

गाडी सडकबाट करि २ सय मिटर तल खसेकाे प्रहरी चाैकी कपुरकाेटले जनाएकाे छ । दुर्घटनामा केहि ९/१० जना घाइतेहरुलाइ उद्धार गरि उपचारको लागि दाङ पठाइएको प्रहरीले बताएको छ । गाडीमा चालक सहित १६ जना जति सवार रहेका सल्यान प्रहरीले जानकारी दिएको छ ।

गाडी दुर्घटनाको खबर पाए लगतै घटनास्थलमा प्रहरी पुगेर हाल उद्दार कार्य गरिरहेकाे छ । गाडी दुघटनाकाे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

Facebook Comments