• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
समाजवादी मोर्चाको बैठक : यस्ता छन् बैठकका निर्णयहरु ?




काठमाडौं / नेकपा, नेकपा (एकीकृत माओवादी), नेकपा (एस) र जसपा रहेको चार दलीय समाजवादी माेर्चाकाे दाेस्राे बैठक साेमबार बिहान ७:५० मा सुरु भएर ९ बजे सम्पन्न भएको छ ।

नेकपा (एस) काे केन्द्रीय कार्यालय, आलाेकनगरमा भएको बैठकमा सबै शिर्षस्थ नेताहरूको उपस्थिति थियो । विप्लव नेकपाबाट महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी, स्थायी समिति सदस्य सन्ताेष सी र उमा सी ‘शिलु’ ले पार्टीको नेतृत्व गरेका थिए ।

समाजवादी माेर्चाले के के निर्णय गर्याे ?

समाजवादी माेर्चाकाे बैठकले यहीँ भदौ ८ गतेदेखि देशका सबै प्रदेशमा समाजवादी माेर्चा घाेषणाकाे सन्देशसभा गर्ने निर्णय गरेको छ ।

बैठकमा सहभागी नेकपाका प्रवक्ता प्रकाण्डले दिएको जानकारी अनुसार ८ गते विरगञ्ज, १२ गते बुटवल, १३ गते धनगढी, १४ गते सुर्खेत, १५ गते पाेखरा, २३ गते हेटौंडा, २५ गते विराटनगरमा सन्देशसभा गर्ने भएको छ ।

सभामा सबै शिर्षस्थ नेताहरूले सम्बाेधन गर्नेछन् । साेही कार्यक्रममा माेर्चाकाे प्रदेशस्तरीय संरचना पनि घाेषणा हुनेछ ।

 

 

Facebook Comments