• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हाटबजार सञ्चालनसँगै कृषि उपज बिक्रीमा सहजता




रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिकाले कृषि हाटबजार सञ्चालनमा ल्याएपछि कृषि उपजले बजार पाएको छ । हाटबजार सञ्चालन हुँदा कृषि उपजले बजार पाएको मात्रै नभइ उपभोक्ताले समेत सस्तोमा ताजा तरकारी लगायतका कृषि उपज उपभोग गर्न पाएका छन् ।

रुन्टीगढीका किसानले विगतमा आफ्नै हिसाबले, तरकारी बजारमा लगेर बेच्ने गरेपनि अहिले गाउँमै हाटबजार सञ्चालनमा आएपछि किसानलाई सजिलो भएको स्थानीयवासी कमला चलाउनेले जानकारी दिनुभयो । हप्तामा दुई दिन, मङ्गलवार र शनिवार हाट लाग्ने गर्छ ।

हाट लागेको दिनमा ३५ लाखसम्मको कारोबार हुँदै आएको होलेरी कृषि हाटबजारका अध्यक्ष चन्द्रप्रकाश महराले बताउनुभयो । हाटबजार सञ्चालनमा आएपछि तरकारी खरिद बिक्रीमा बिचौलिया हाबी हुन पाएका छैनन् । जसका कारण किसानले लगानीअनुसारको मूल्य पाएका छन् भने, उपभोक्ताले पनि सस्तोमा तरकारी पाएको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले बताउनुभयो ।

जिल्लाको रुन्टीगढी र त्रिवेणी गाउँपालिकाका अधिकांश किसान केही वर्षदेखि निरन्तर यो सिजनमा मकै लगाउन छाडेर तरकारी खेती गरीरहेका छन् । हाटबजार सञ्चालन भएपछि किसानले उत्पादन गरेका तरकारी खरिद गर्न दाङ, बुटवल, नेपालगञ्जदेखि भारतसम्मका व्यापारी गाउँमै आउने गरेका छन् ।

जिल्लाभर दुई हजार एक सय १४ हेक्टरमा मौसमी र बेमौसमी तरकारी खेती हुने गरेको छ । जसबाट वर्षमा एक अर्ब ६७ करोड ९५ लाखभन्दा बढी जिल्लामा आम्दानी हुने गरेको छ ।

 

Facebook Comments