• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जिल्लास्तरीय चित्रकला प्रतियोगितामा  भिएन स्कूलकी सुप्रिया प्रथम




घोराही । दाङको घोराहीमा भएको जिल्लास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । गुरुकुल एकेडेमीले आयोजनामा गरेको प्रतियोगितामा ३५ विद्यालयका ६३ जना सहभागीता भएका थिए । बिद्यार्थिहरुमा शिक्षा मात्र नभई अन्य क्रियाकलापको सर्वागिंन विकासको लागि यो चित्रकला प्रतियोगिता गरीएको हो ।

शान्तिसंग सम्बन्धित शिर्षकमा आधारभुततर्फ (कक्षा ६ देखि ८ ) र मा.वि तर्फ (कक्षा ९ देखि १२ ) गरी दुई समुहमा प्रतियोगीता आयोजना गरिएको थियो । जसमा आधारभुततर्फ प्रथम भिएन स्कुलकी सुप्रिया चौधरी, द्धितिय ज्ञानमाला एकेडेमीकी स्मारिका चौधरी र तृतिय संकार पाठशालाकी सोयङका वली रहेका छन् ।

त्यस्तै मावि तह अन्तरगत प्रथम गोर्खा मावि तुलसपुरकी भुमिका विक, द्धितिय स्थानमा तुल्सी आवासिय माविका विजय ओली र तृतियमा ज्योतिपुञ्ज बोडिङ स्कुलकी अभिञ्जा पोख्रेल रहेका छन् ।

प्रतियोगितामा उत्कृष्ट हुने ३/३ जनालाई पहिलो ,दोस्रो र तेस्रो ट्रफि, मेडल र प्रमाण पत्रले सम्मान गरिएको थियो ।गुरुकुल एकेडेमी विद्यालयका प्रधानाध्यापक डाक्टर कृष्णराज डि.सीको अध्यक्ष एवं घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा कुमारी डिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागी विद्यालयका प्रधानाध्यापक एवं प्रतिनिधीहरुले मन्तव्य राख्नुभएको थियो ।

विद्यालयका संयोजक महेन्द्र पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले शुभकामना मन्तब्यसंगै नतिजा सार्वजनिक गर्नुभएको थियो ।

प्रतियोगिताको संयोजक विशालमान श्रेष्ठको रहनुभएकोे थियो भने ब्यबस्थापन शिक्षक इन्द्र प्रशाद पोख्रेलले गर्नुभएको थियो । गुरुकुल एकेडेमीका नेपाली बिषयका बिभागिय प्रमुख तथा शिक्षक विवेक कार्यक्रमको सहजिकरण गर्नुभएको थियोे ।

Facebook Comments