• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विश्व फोटोग्राफर दिवस अवसरमा धारपानी मन्दिरमा सरसफाइ कार्यक्रम सम्पन्न




घोराही । दाङ जिल्ला फोटोग्राफर एसोसिएसन दाङ्ले १८४औं फोटोग्राफर दिवसको अबसरमा घोराही -५ मा रहेको धारपानी मन्दिरको परिसरमा सरसफाइ कार्यक्रम गरेको छ ।

विगत एक महिना देखि धारपानी मन्दिरमा भएको गङ्गा आरतीमा आउने भक्तजन चाप भए संगै फोहोर भएको हुदा मन्दिर व्यवस्थापन समितिले मात्र नसक्ने भएको कारण सरसफाइ कार्यक्रममा आयोजना गरिएको एसोसिएसनका अध्यक्ष वसन्त न्यौपानेले जानकारी दिनु भयो ।

सरसफाइ कार्यक्रमपछि भएको समापन  कार्यक्रमलाई सम्बोधन गर्दै धारपानी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीले अहिले मन्दिरमा फोहोर धेरै भएको बेला आयर सरसफाइ कार्यक्रम आयोजना गर्दिनु भएको धन्यवाद समेत दिनु भएको थियो ।

नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि वसन्त जोशीले फोटोग्राफर जानकारी गराउदै विश्व फोटोग्राफर दिवस हरेक वर्ष अगस्ट १९ मा मनाउने गरिएको छ । औपचारिक रुपमा सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो ।

अष्ट्रेलियाली फोटोग्राफर कोस्र्के आराको प्रयासमा औपचारिक रुपमा दिवस मनाउन थालिएको हो । सन् १८३९ अगस्ट १९ मा फ्रान्स सरकारले फोटोग्राफी विधालाई पहिलोपटक मान्यता दिएको दिनलाई हरेक वर्ष विश्व फोटोग्राफी दिवस मनाउने गरिएको समेत जानकारी दिनु भयो ।

हरेक बर्ष फोटोग्राफर दिवस अबसरमा कुनैकुनै सामाजिक कार्यक्रम गर्दै आएको र यस बर्ष सरसफाइ कार्यक्रम गरिएको एसोसिएसनका उपाध्यक्ष मिनराज महराले जानकारी दिनु भयो ।

नेपाल फोटोग्राफर एसोसिएसन महासंघका सचिब गणेश दंगाल, बिजौरी उधोग बाणिज्य संघका नि.महासचिव बिदुर गौतम , सामाजिक अभियान्ता मधाब केसि लगायतले मन्तव्य राख्नु भएको थियो ।

एसोसिएसनका अध्यक्ष बसन्त न्यौपानेको अध्यक्षता तथा उपाध्यक्ष नारायण खनालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम सहजीकरण महासचिव दुर्गा प्रसाद चौधरीले गरेका थिएभने धन्यवाद अर्का उपाध्यक्ष नारायण बिकले गरेका थिए ।

 

Facebook Comments