• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उवासंघमा सक्षम नेतृत्व आवश्यक: सविन प्रियासन




दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आउँदो असोज १३ गते निर्वाचन हुँदैछ । तुलसीपुरलगायतका उवा संघमा पनि अधिवेशनको तयारी सुरु भएको छ ।

वाणिज्य संघलाई संस्थागतरुपमा व्याख्या गर्दा यसले उद्योग, व्यवसायको नेतृत्व गरेपनि समग्रमा उवासंघको भूमिका जिल्लाको समृद्धि, विकास र प्रगतिसँग पनि जोडिएकोछ । जिल्लामा रहेका राज्यका निकाय अनि उवासंघ, पत्रकार महासंघ, बार, निर्माण व्यवासयी संघ, जेसीज, रोटरी, लायन्सलगायतका केही सामाजिक संघसंस्थाहरुले विगतदेखि अहिलेसम्म जिल्लाको समग्र विकासमा भूमिका खेल्दै आएका छन् ।

यस अर्थमा पनि उद्योग वाणिज्य संघलाई व्यवसायी र उद्योगीहरुको नेता संस्थाकारुपमा मात्र विश्लेषण गर्नु हुँदैन । उवा संघले विगतमा लोकतान्त्रिक आन्दोलन सफल बनाउने देखि दाङलाई राजधानी बनाउने सवालमा समेत नेतृत्व दायि भूमिका खेलेको थियो । जसको सबैले उच्च प्रशंशा गर्नैपर्छ ।

यतिबेला सबै क्षेत्र समस्या ग्रस्त छ । व्यापार व्यवसायमा पछिल्लो मन्दिले झनै ठूलो असर गरिरहेको छ । दिनदिनै व्यवसायीहरु पलायन भैरहेका छन् भने भएका पनि कतिबेला कहाँ जानुपर्ने हो थाहा छैन । समग्रमा सिंगो समाज समस्या ग्रस्त छ । यस्तो अवस्थामा उद्योग वाणिज्य संघको अधिवेशन हुनु लागि रहेको छ । तसर्थ समस्याग्रत समाजलाई माथि उकास्नका लागि ठोस योजना अनि भूमिका निवार्ह गर्न सक्ने सक्षम, जुझारु, व्यक्तिको नेतृत्वमा नयाँ कार्य समिति बनाउन सक्ने गरी दाङ उवासंघको निर्वाचन सम्पन्न हुनुपर्छ ।

पद प्राप्तीका लागि मात्र संस्थामा जोडिन खोज्ने तर जिल्लाको बृहत्तर हितमा भूमिका बिहिन हुने व्यक्तिहरु पदमा पुगेर कसैलाई लाभ हुने वाला छैन । संस्थाको गरिमा बढाउनुका साथै जिल्लाको समृद्धिमा टेवा पु¥याउन सक्ने र अहिलेको मन्द समाजलाई थोरै भएपनि गतिदिन सक्ने ल्याकत राख्नेहरु उवासंघको नेतृत्व अनि पदाधिकारीमा जान सकेमा दाङको विकास हुन सक्छ ।

यतिबेलाको समय अत्यन्त जटिल छ । निर्वाचनको संघारमा पदमा पुग्न पाए हुने थियो भनेर धेरैलाई मनमा लागेको हुन्छ । आफ्नो लागि पहल कदमि लिनु नराम्रो कुरा होइन । तर भोलिका दिनमा संस्थाको उद्देश्य, समाजको अपेक्षा अनि समग्र जिल्लाको बृहत्तर विकासमा भूमिका खेल्न सक्छुकि सक्दैन भन्ने विश्लेषण गरेर संस्थामा जोडिनुपर्छ । देखाउनका लागि मात्र पद प्राप्त गर्ने सोँचले जिल्लाकै विकासको गतिमा सुस्तता आउन सक्छ ।
उवासंघ सामाजिक संस्थाहरु मध्य सबै भन्दा समाजले पत्याउने, मान्ने संस्था हो । स्थानीय सरकारले राज्यको तर्फबाट समाज विकासमा अगुवाई गरिरहेको छ । राज्यको निकाय बाहेक सामाजिक संघसंस्थाहरुको सवालमा उवासंघ सधैभरी अग्रणी संस्था बन्दै आएको छ । तर कुनै पनि संस्था उसको नामले मात्र अगुवा बन्न सक्दैन । यसको लागि यसलाई नेतृत्व गर्ने व्यक्ति र कार्य समिति क्षमतावान, कामकाजी हुनुसपर्छ । उवासंघमा कामकाजी नेतृत्व छनौंट हुन सक्यो भने सुस्ताउँदै गएको बजार अनि समाजलाई गति दिन सकिनेछ । दाङ उवासंघको निर्वाचन होस वा सहमति, कुसल नेतृत्व चयन गर्ने सवालमा आम उद्योगी, व्यवसायी, समाजसेवी, बुद्धिजीवी सबैले भूमिका खेल्नुपर्छ ।

कुनै पनि काम गर्नका लागि पदले ठूलो अर्थ राख्दछ । यस मानेमा गरिमामय निकायहरुमा कामकाजी व्यक्ति पुग्न सक्यो भने आफूलाई मन नपर्ने भएपनि त्यसले गरेको असल कर्मले सबैलाई लाभ पुग्दछ । दाङ उद्योग वाणिज्य संघले पनि जिल्ला अनि घोराही क्षेत्रकै भविष्य उज्ज्वल बनाउन धेरै कामको नेतृत्व गर्न सक्छ । संस्थाले समाजको नेतृत्व त्यतिबेला गर्न सक्छ जतिबेला यसमा कामकाजी व्यक्तिहरु आउँछन् । यही कुरालाई सबैले मनन् गर्नु पर्ने समय आएको छ, उवासंघमा कुसल नेतृत्व चयन गर्न सबैले भूमिका खेलौं ।

Facebook Comments