• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा जंगली च्याउ खाएर थप एकजनाको मृत्यु




दाङ । दाङको बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाएर विरामी परेका एकै घरका दुईजनाको ज्यान गएको छ । भने अर्का एकजना गम्भिर विरामी भएका छन् । साउन २९ गते साँझ बंगलाचुली ४ भित्ताला जंगलबाट खोजेर ल्याएको जंगली च्याउ खाएर विरामी परेका तिन जना मध्य दुईजना एकै घरका आमाछोरीको ज्यान गएको हो ।

जंगली च्याउ खाएर गम्भिर विरामी परेकी बंगलाचुली ४ मैकुटीमा वस्दै आएकी २७ वर्षिया ईश्वरी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज मृत्यु भएको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष डास बहादुर डागिले सिस्ने अनलाइनलाई जानकारी दिनु भयो  ।

यस अघि उनकि ११ वर्षकी छोरी अस्मिता सुनारको साउन ३१ गते ज्यान गईसकेको छ । त्यस्तै मृतक ईश्वरी सुनारका श्रीमान अजय सुनारको पनि स्वास्थ्य अवस्था गम्भिर रहेको छ । उनको अहिले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको छ । मृतक ईश्वरी सुनारको एक वर्ष नपुगेका एक छाेरा ,आठ वर्ष र चार वर्षकी दुई छोरी रहेका छन् ।

Facebook Comments