• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मोडलिङमा जमेकी अस्मिता




दाङ । नृत्य प्रतिको उपद्रो बाल्य रुची । यो कौतुहलताले सानै देखि नाच्न प्रेरित गरिरह्यो । अनि विद्यालयमा आयोजना हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा उनको प्रस्तुती रहिरह्यो । स्याङजाकी अस्मिता रानालाई बाल्यकालको डान्सर बन्ने मोहले छोडेन ।

फलतः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टेजहरु अहिले उनका प्रस्तुती थलो बनेका छन् । ‘सानैै देखि नै गीत गाउने अनि नाच्ने रहर जागिरह्यो,’ उनले भनिन् ‘त्यहि रहरले कहिल्यै छोडेन, अहिले सम्म त्यहि बाटोमा हिडिरहेको छु ।’
विद्यालयमा हुने हरेक सांस्कृति कार्यक्रमहरुमा पहिलो नम्बरमै अस्मिताको नाम आउँथ्यो । उनका साथी अनि विद्यालयका शिक्षकहरुले उनलाई पहिलो प्राथमिकतामा राखेर प्रस्तुतीका लागि आग्रह गर्थे । साथी अनि शिक्षकहरुको यो उत्प्रेरणाले अस्मितालाई पुलक्कीत पाथ्र्यो । अनि आफूलाई कालान्तरमा नामी नृत्यांगनको रुपमा उभ्याउने लालसा जाग्थ्यो र स्टेज तताउँथिन् उनि । ८ कक्षा पढ्दै गर्दा उनलाई स्याङ्जा स्काउटबाट चितवन जाने अवसर उनलाई मिल्यो ।

ठूलो स्टेज त्यहाँ प्रस्तुती राख्ने अवसर उनका लागि मिल्यो । ‘स्कुलमा पढ्दा साना स्टेजहरुमा मात्रै प्रस्तुती राखेको चितवनमा त्यति ठूलो स्टेजमा प्रस्तुती राख्दा असजिलो पनि महशुस भयो,’ उनले भनिन् ‘तर मेरा लागि यो ठूलो अवसर थियो ।’ उक्त प्रतियोगीतामा अस्मिताले पुरस्कार समेत हात पार्न सफल भईन् ।
यो पुरस्कार उनको कलाकारीता यात्राका लागि अर्को महत्वपूर्ण खुड्किलो थियो । यो पुरस्कारले उनलाई कलाकारिता यात्रामा थप हौसला प्रदान गरिदियो । अनि उनि एसएलसी परिक्षा दिएपछि चितवन हानिईन्,कलाकारिता यात्रालाई अझ फराकिलो पार्न । उनले चितवनमा पुगेर नृत्य कक्षा लिन थालिन् । आफूलाई नृत्यमा अब्बल बनाउने मार्ग कोरिसकेकी अस्मिताका लागि अब कलाकारिताको औपचारिक यात्रा तय गर्नु थियो ।

उनि अध्ययनका लागि काठमाडौँ पुगिन् । त्यसोत, काठमाडौँ पुग्दा सम्म उनका लागि कलाकारिता यात्रा पहिलो प्राथमिकतामा परेको भने थिएन । उनको प्राथमिकतामा अध्ययन मात्रै थियो । तर कलाकारिता प्रतिको बाल्य मोहले उनलाई कलाकारिता देखि टाढा राख्न सकेन । कलाकारिता क्षेत्रमा लागेका विभिन्न व्यक्तिहरुसंग उनको चिनजान भयो , संगत बढ्यो । अनि कोरियो २०७२ देखि औपचारिक रुपमा अस्मिताको कलाकारिता यात्रा । २०७२ मा खुमन अधिकारी र रेखा बुढाको आवाजमा रहेको तीज गीत उनको पहिलो सांगितीक प्रस्तुती रह्यो । ‘पहिला एउटा गीतको भिडियो गरेको थिएँ, तर त्यो रिलिज भएन,’ उनले भनिन् ‘अनि पछि खुमन अधिकारी र रेखा बुढाको आवाजमा रहेको तीज गीतमा नृत्य गर्ने अवसर पाएँ ।’

२०७२ देखि प्रारम्भ भएको अस्मिताको कलाकारिता यात्रा अहिले धेरै फराकिलो बनेको छ । हरेक बिधाका नृत्यमा आफूलाई ‘फिट’ राख्न सक्ने अस्मिताको यो कौशलताले पनि उनि यो क्षेत्रमा बढि रुचाईन् । एक सय बढि म्यूजिक भिडियोहरुमा अस्मिताले काम गरिसकेकी छिन् । देशका विभिन्न स्टेज कार्यक्रमहरुमा आफूलाइ व्यस्त बनाएकी उनको प्रभाव बाहिरी मुलुकहरुमा पनि बढ्दो क्रममा छ । कलाकाीता यात्राकै क्रममा भारत, कतार युएईमा आफ्नो दमदार नृत्य पस्कीसकेकी अस्मिता अब कोरिया यात्राको तयारीमा छिन् ।

सांस्कृतिक प्रस्तुतीका लागि देश तथा बिदेशमा ब्यस्त राखेकी अस्मिता म्यूजिक र सोसल साईन्समा एमए अध्ययनरत छिन् । ‘सबै भन्दा बढि रुची हुनुपर्छ, रुची भए लगाव आफै भैहाल्दो रैछ,’ उनि भन्छिन् ‘मैले पढाईसंगै कलाकारीता यात्रालाई पनि कुदाईरहेकै छु, समय मिलाउन सकेको जति मिलाईरहेकी छु ।’

Facebook Comments