• २० जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा एक वर्षमा गरे दुई सय १९ जनाले आत्महत्या




दाङ। दाङमा आत्महत्याबाट एक बर्षमा दुई सय १९ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७९/०८० मा दुई सय १९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङको तथ्यांकमा उल्लेख छ ।

यस आर्थिक बर्षमा १ सय ७३ जनाले झुण्डीएर, ३५ जनाले बिष सेवन गरेर र ८ जनाले आत्महत्या दुरुत्साहन र नदिमा हाम फालेर ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो । जसमा ८ जनाको आत्महत्या पश्चात आत्महत्या दुरुत्साहनको मुद्धा परेको पनि उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७९/०८० मा २ सढ १९, आर्थिक वर्ष २०७८/२०७९ मा २ सय २०, आर्थिक वर्ष २०७७/७८ मा २ सय ४१ र आर्थिक वर्ष २०७६/२०७७ मा २ सय ३१ जनाले आत्महत्या गरेको गौतमले जानकारी दिनुभयो ।

विभिन्न मानसिक तनाबका कारण, प्राकृतिक प्रकोपका कारण, पारिवारिक कलह, दिर्घरोग, काममा असफलताका कारण मानिसहरुले आत्महत्या गर्ने गरेको प्रहरीको भनाई छ ।

 

Facebook Comments