• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कोभिडमा जस्तै व्यवसायीलाई कर छुट गरिनु पर्छ: वसन्त जोशी




घोराही । अहिले कायम आर्थिक मन्दीका कारण हरेक क्षेत्र मारमा परेको छ । मन्दीका कारण बजार सुनसान प्राय देखिन्छन् । जसका कारण व्यापार क्षेत्र धरासायी बनेको छ । वर्तमान आर्थिक मन्दीले पारेको व्यवसाय क्षेत्रमा पारेको प्रभावका बारेमा संचारकर्मी हिमाल महराले दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान उद्योग उपाध्यक्ष वसन्त जोशीसंग गरिएको कुराकानी ।

अहिले ब्यापार क्षेत्र कस्तो छ ?

आर्थिक मन्दीले अहिले हरेक क्षेत्र धरासायी छ। यसको मारमा व्यवसायिक क्षेत्रपनि परेको छ । यो मन्दीमा बैंकहरुले लोन दिन नसकेको अवस्था छ । यसले गर्दा व्यवसाय सञ्चालनमा धेरै समस्या छ । बजारमा ग्राहक छैनन् । ग्राहक नभए ब्यापार कसरी चल्छ ?  घोराहीका कैयन सटरहरु अहिले बन्द भएका छन् । ब्यापार नचलेपछि व्यापार बन्द गरेर थुप्रै व्यवसायिहरु पलायन भएको अवस्था छ । कतिपय व्यवसायको ब्यापारमा बोहनी समेत नहुने अवस्था छ । ब्यापार छैन, अर्को तर्फ कर बढेको छ। यसले पनि ब्यापार क्षेत्रलाई थप धरासायी बनाएको छ । करको दर होईन दायरा बढाउनु पर्छ ।

ब्यवसायिहरुमा परेका असरहरु कस्ता छन् ?

मैले अघि पनि भने धेरै व्यवसायिहरु अहिले पलायन भैसकेको अवस्था छ । ब्यापारिक सटरहरु थुप्रै बन्द भैसकेका छन् । ब्यापार गरिरहेकाहरुलाई पनि कसरी यो पेशामा टिक्ने भन्ने चिन्ता छ ।  दिनभरी बस्दा समेत बोहनी नहुने अवस्था आएको छ । युवा व्यवसायिहरु व्यापार छोडेर अहिले विदेश पनि जानु भएको छ । अनि कैयन व्यवसायि साथीहरु भने ब्यापार छोडेर घरमै बस्नु भएको छ । ब्यापारै हुन्न, भाडा तिर्ने पैसा नै हुँदैन, अनि कसरी ब्यापार गर्ने ? यस्तो अवस्था घर धनीले पनि घर भाडामा केहि सोच्नु पर्ने अवस्था आएको छ, बजार लाई व्यवस्थित गर्ने र बैज्ञानिक भाडा दर लागू गर्ने बिषयमा व्यवसायीक संघ संस्थाहरुले पहल गर्न जरुरी छ। साथै करोडौं खर्च गरेर घरधनिले व्यवसायीक भवनहरु निर्माण गर्नु भएकोछ, घर भाडामा जादैन, गएको पनि खाली भैरहेका छ्न घरधनी पनि धेरैनै मारमा पर्नु भएको छ कतिपय घरधनीले पनि घर बनाउदा ऋण लिनु भएको होला बैंक ब्याज किस्ता तिर्नु पर्छ व्यवसाय भए नै सबै कुरा सहज हुने थियो ।

यो कहिले सम्म सहजता होला ?

तत्कालै सहजता देखिन्न । पुस पछि केहि हद सम्म सुधार होला भन्ने आश गर्न सकिन्छ । पुस सम्म कति व्यपारीहरु पलायन हुने भन्ने कुरा अर्को पाटो होला । तर त्यो अवधि सम्म ब्यापार टिकाउन सक्यौँ भने त्यसपछि केहि सहज हुने म देख्छु ।

पुस पछि सहज हुने आधार ?

बैंकले लोनलाई सहज गर्दैछ । ब्याजदर कम हुने संकेत देखिएको छ । लोन पनि प्राप्त हुने अवस्था भयो भने सहज हुन्छ । यसर्थ ब्यवसायलाई आगामी पुस सम्म हामीले टिकाउन सक्यौँ भने त्यसपछि सहज हुन्छ । म व्यवसायि साथीहरुलाई त्यो अवधि सम्म नआत्तिन पनि आग्रह गर्दछु ।

पहिलेको तुलनामा अहिलेको ब्यापार रेसियो कति फरक छ ?

कोभिड भन्दा पहिले र त्यसपछिको अहिलेको अवधि सम्म ब्यापार दर ५० प्रतिसतले घटेको देखिन्छ । अझ साना व्यवसाय सञ्चालकहरुलाई झनै समस्या छ । उहाँहरुलाई हताष किन पनि भएको छ भने हामी पनि बन्द हुने अवस्थामा पुग्यौँ भन्ने हो । तर केहि समय हामी नआत्तियौँ । केहि समयका लागि धेरै कमाउने सोच नराखौँ , टिक्ने कसरी टिक्न मात्र सकियोस् भन्ने मात्रै सोचौँ । त्यसपछि कमाई गरौँला भन्छु म ।

राज्यले हेर्ने दृष्टिकोण कस्तो छ ?

सरकारले कर बृद्धि गर्ने र कर उठाउने भन्ने नियत छ । हाम्रा व्यवसायिक संगठनहरुले यसमा सहजिकरण गर्नु पर्दछ । कोभिडको समयमा भएको जस्तै कर छुटलाई लागु गरिनु पर्नेमा सरकारले त्यसो गरेको छैन । अहिलेको यो आर्थिक मन्दीका बेलामा पनि कसरी कर छुट गर्न सकिन्छ ? त्यस तर्फ जिम्मेवार नेताहरु तथा व्यवसायिक संगठनहरु गम्भिर बनेर लागिदिएको खण्डमा व्यवसायि साथीहरुलाई धेरै सहज हुने थियो ।

Facebook Comments