• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा गाईजात्रा कार्यक्रम हुने, मनोज गजुरेलगायतका कालाकार आउने




घोराही । रोटरी क्लव अफ दाङले घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा रोटरी खुला व्यायामशाला निर्माणका लागि घोराहीमा गाइजात्रा कार्यक्रम हुने भएको छ ।

रोटरी क्लव अफ दाङलाई घोराही उपमहानगरपालिकाले दिएको साढे चार कट्ठा जग्गामा खुल्ला व्यामामशाला निर्माणकालागि आउने भदौको २२ गते घोराहीमा गाईजात्रा कार्यक्रम हुन थालेको हो । गाईजात्रा कार्यक्रममा हास्य कलाकार मनोज गजुरेललगायतका कलाकारहरु आउने भएको रोटरी क्लव अफ दाङका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिएका छन् । कार्यक्रम घोराही उपमहानगरपालिका १४ स्थीत बहुउद्देश्यीय सभागृहमा साँझ ४ बजेदेखि सुरु हुने भएको छ ।

कार्यक्रममा राष्ट्रियस्तरमा ख्याति प्राप्त कलाकार मनोज गजुरेलसँगै शैलेन्द्र सिम्खडा, टीका भण्डारी, सुबोध गौतम, रुबिना अधिकारी, मेक्सम गौडेल, सुन्दर खनाल, प्रभात लामा र सीता न्यौपानेसहितको कलाकार टोलीले प्रस्तुति दिने अध्यक्ष मजगैयाले दिएका छन् । ‘रोटरीले विगतको बर्षजस्तै यसबर्षपनि घोराहीमा गाइजात्रा कार्यक्रमको आयोजना गर्न थालेको छ’,अध्यक्ष मजगैयाले भने,‘कार्यक्रमको उद्देश्य भनेको घोराहीमा खुल्ला व्यायामशाला निर्माणको सुरुवातसँगै मनोरञ्जन गराउने हो ।’

गाईजात्रा कार्यक्रमले मानसिक स्वास्थ्य सम्बन्धि समस्याहरु र उनीहरुलाई कसरी मनोरन्जन प्रदान गर्न सकिन्छ भन्ने बारे सचेतना फैलाउनमा केन्द्रित रहने लक्ष्यका रोटरीले दाङबासीका लागि कार्यक्रम ल्याएको बताए । नेपालको कुल जनसंख्याको २५ प्रतिशतलाई कुनै न कुनै खालको मनोसामाजिक समस्या भई उपचाररत रहेको अवस्थामा मानसिक स्वास्थ्य स्वस्थ र सुरक्षित बनाउन पनि गाईजात्रा कार्यक्रमको लक्ष्य रहेको पत्रकार सम्मेलनमा अध्यक्ष मजगैयाले बताए ।

गाईजात्रा कार्यक्रम सशुल्क रहेको र प्रतिव्यक्ति १ हजार टिकट मूल्य तोकिएको कार्यक्रम संयोजक मिनराज भाटले जानकारी दिएका छन् ।

Facebook Comments