• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङको गुरुकुलमा  जिल्लास्तरीय चित्रकला प्रतियोगिता हुने




घोराही । दाङको गुरुकुलमा जिल्लास्तरीय चित्रकला प्रतियोगिता हुने भएको छ । दाङको घोराहीमा अवस्थित गुरुकुल एकेडेमीको आयोजनामा उक्त चित्रकला प्रतियोगिता हुन लागेको हो।

विद्यार्थीहरूमा शिक्षा मात्र नभई अन्य क्रियाकलापको सर्वाङ्गीण विकासको लागि यो चित्रकला प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगितामा दाङ जिल्ला भित्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयले भाग लिन पाउने छन् ।

प्रत्येक विद्यालयलबाट कक्षा ६ देखि ८ सम्म १ जना र कक्षा ९ देखि १२ सम्म १ जना सहभागी हुन पाउनेछन्।इच्छुक विद्यालयले सहभागी हुनको लागि यही मिति२०८०र०४र२८ गतेदेखि मिति २०८०र०४ श्रावण ३२ गते साँझ ५ बजे सम्म गुरुकुल एकेडेमीको जिमेल , ह्वाट्सएप र पत्र पठाएर नाम दर्ता गर्न मिल्नेछ ।

प्रतियोगितामा पेपर आयोजक विद्यालय गुरुकुल एकेडेमीले ब्यबस्था गर्ने छ भने अन्य सामग्री  प्रतिस्पर्धीले स्वयम् ले लिएर आउनुपर्ने छ ।

प्रतियोगितामा भाग लिने प्रतिस्पर्धीहरु आफ्नो विद्यालयको प्रतिनिधि सहित आफ्नो परीचय पत्रका साथमा प्रतियोगिता हलमा दिउँसो  १२ बजे सम्म आइपुग्नु पर्ने छ । चित्र शान्तिसंग सम्बन्धित हुनुपर्ने छ । प्रतियोगितामा उत्कृष्ट हुने ३ जनालाई पहिलो ,दोस्रो र तेस्रो ० ट्रफि, मेडल र प्रमाण पत्रले सम्मान गरीने प्रतियोगिताका संयोजक विशालमान श्रेष्ठले जानकारी दिनुभयो ।

Facebook Comments