• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वाइसीएल तुलसीपुरद्वारा अस्पताल परिसरमा सरसफाइ




दाङ । वाइसीएल नेपाल तुलसीपुर नगर कमिटीले २४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारी राप्ती प्रादेशिक अस्पताल तुल्सिपुरमा अस्पताल परिसरमा सरसफाइ कार्य सम्पन्न गरेको छ। उक्त कार्यक्रम वाइसिएलको निरन्तर अभियान अन्तर्गत रहेको हो।

उक्त कार्यक्रम वाइसिएल नगर कमिटी अध्यक्ष विप्लव ओलीको अध्यक्षता एंव नेकपा माओवादी केन्द्रका तुलसीपुर नगर कमिटी इन्चार्ज प्रभात बलिको प्रमुख आतिथ्यता र अस्पतालका मेसु डाक्टर ओम अर्यालको विशिष्ट आथित्यता सहित वाइसिएल केन्द्रीय सचिव प्रविन वलि, केन्द्रीय सदस्य तथा दाङ जिल्ला ईन्चार्ज अमर नेपाली (माईकल) , केन्द्रीय सदस्य हरिश गिरी लगायत मजदुर संगठनका केन्द्रीय उपमहासचिव घनश्याम डाँगी , स्वास्थ्य संगठनका नेता जिबन खड्का,‌ वाईसिएल नगर इन्चार्ज हेबेन्द्र शाही आदि दर्जनौं नेता कार्यकर्ताहरु को उपस्थितिमा सम्पन्न भएको थियो।

पछिल्लो समयमा वाइसिएलले बिभिन्न रुपमा सामाजिक कार्यक्रमहरु गर्दै आएको छ। आगामी दिनमा पनि यस्ता सामाजिक काम कार्यक्रमहरुलाई निरन्तरता भैइरहने छ भनी YCL दाङका सचीव अनिल सेर्पालीले सरसफाइ कार्यक्रम मा साभागी सबैलाई धन्यवाद र आयोजना गर्ने तुल्सिपुर नगर कमिटी लाई बिशेष धन्यवाद भन्दै अस्पतालमा जस्तो रोग निको पार्ने थलोमा रोग भित्र्याउने फोहर नहोस र हामिले गरेको कार्य बाट केही सुधार तिर हस्पिटल परिवार जाने छ भन्ने आशा रहेको समेत जानकारी दिनु भयो।

Facebook Comments