• २३ फाल्गुन २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
भारतमा सडक दुर्घटनामा परी १० जनाको मृत्यु




नयाँ दिल्ली । भारतको पश्चिमी गुजरात राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा तीन बालबालिका र पाँच महिलासहित १० जनाको मृत्यु  भएको छ ।  साथै अन्य १३ जना घाइते भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।

राज्यको अहमदाबाद जिल्लाको बाभला-बगोदरा राजमार्गमा यात्रुवाहक गाडी  रोकी राखेको ट्रकसँग ठोक्किएपछि  सो दुर्घटना भएको हो।

पीडितहरू नजिकैको जिल्लामा धार्मिक कार्यक्रममा सहभागी भई फर्कने क्रममा दुर्घटनामा परेका थिए। घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले  सो  दुर्घटनामा ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ  । उहाँले प्रत्येक मृतकका आफन्तलाई दुई लाख भारतीय रुपियाँ र प्रत्येक घाइतेलाई  ५०  हजार  भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गर्नु भएको छ । रासस/ सिन्ह्वा

 

Facebook Comments