• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अखिल (क्रान्तिकारी)द्वारा तेक्वान्दोका खेलाडीलाई सम्मान




घोराही । अखिल (क्रान्तिकारी) घोराही नगर समितिले साउन १९ गतेदेखि २१ गतेसम्म भारतको हैदरावादमा सम्पन्न भएको सातौं दक्षिण एसियाली तेक्वान्दो प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्दै स्वर्ण, रजत र कास्य पदक जित्न सफल भएका दाङ आई.टि.एफ. तेक्वान्दो संघका खेलाडीहरुलाई बधाई तथा सम्मान गरेको छ ।

कमिटीले बिहीबार एक कार्यक्रमको आयोजना गरी १ स्वर्ण, १ रजत र १ कास्य पदक जित्न सफल भएका भिमबहादुर थापा र सन्तोश बुढामगर, १ स्वर्ण र १ कास्य जित्न सफल सृष्टि योगी र १ कास्य पदक जित्न सफल अनिशा घिमिरेलाई सम्मान पत्र , खादा र अबिर लगाएर सम्मान गरेको हो ।

अखिल (क्रान्तिकारी) घोराही नगर समिती संयोजक बिकास लम्सालको अध्यक्षता एबम नेकपा माओवादी केन्द्र दाङ सचिब विस्वराज आचार्यको प्रमुख आतिथ्यता तथा अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य प्रतीक अधिकारी र अखिल (क्रान्तिकारी) दाङ संयोजक गिरबहादुर महराको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) प्रदेश समिती सदस्य सुशिला घर्ती , राप्ती इन्जिनियर कलेज अध्यक्ष लोकेन्द्र डाँगी , महेन्द्र बहुमुखी क्याम्पस संयोजक प्रसान्त पोख्रेलको उपस्थिति रहेको थियो भने कार्यक्रमको सन्चालन दाङ जिल्ला समिती सदस्य बिष्णु गोराथोकीले गर्नु भएको थियो ।

Facebook Comments