• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राजमार्ग क्षेत्रमा दाङ ट्राफिकको आस्कमिक जाँच सुरु




दाङ । पूर्व–पश्चिम राजमार्गको पूर्वमा भालुबाङ र पश्चिममा अमिलिया क्षेत्रमा सवारी दुर्घटना हुने क्रम नरोकिएपछि दाङ जिल्ला ट्राफिक प्रहरीले आकस्मिक निरीक्षणसँगै (राडरगन) चेकजाँच गर्न थालेको छ । सवारी साधनको गति र लामो दूरीका बसमा दुईजना चालक राख्नुपर्ने, तोकिएको गतिमा सवारी साधन चलाएर नचलाएको बुझ्न पूर्वपश्चिम र रत्न राजमार्ग क्षेत्रमा दाङ ट्राफिक प्रहरीले आकस्मिक जाँच सुरु गरेको हो ।

‘राजमार्गमा पछिल्लो समय सवारी साधनको चाप पनि बढेको छ । त्यसमा पनि तीब्र गतिमा सवारी साधन चलाउने प्रवृत्ति बढ्दो छ । यसले गर्दा दुर्घटना हुने क्रम बढेको छ’– जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरणप्रकाश मल्लले भन्नुभयो– ‘राजधानी भएकाले पनि सवारी चाप बढ्दो छ । हामीले राजमार्गमा हुने दुर्घटनालाई कम गर्न राडारगनबाट निगरानी थालेका छौं ।’ पूर्व–पश्चिम राजमार्गमा दैनिक हजार बढी सवारी साधनको आउजाउ चल्छ । मोटरसाइकलदेखि जीप, कार, बस, ट्रक लगायतका सवारी साधन गुड्दै आएका छन् । तर तीब्र गतिमा सवारी साधन चलाउने गर्दा दुर्घटनाको जोखिम बढ्दो छ । दुर्घटना न्यूनीकरण गर्न र अकाल हुने मृत्यु, अंगभंग हुनबाट जोगाउन सीमित गतिमा सवारी साधन चलाउन अनुरोध गरिएको छ । ‘प्रति घण्टा ६० को स्पिडमा गाडी गुडाउनुपर्ने हुन्छ । तर राजमार्गमा ८०÷९० को स्पिडमा गाडी चलाउने गरिएको छ । यसो हुँदा सवारी साधन अनियन्त्रित भएर दुर्घटनामा पर्ने गरेका छन्’– ट्राफिक प्रहरी प्रमुख मल्ले भन्नुभयो– ‘अझ बस्ती र बजार भएको क्षेत्रमा पनि तीब्र गतिमा गाडी गुडाउँदा दुर्घटना हुने जोखिम रहन्छ ।’

यातायात व्यवस्था कार्यालयले पनि तोकिएको गति भन्दा तीब्र गतिमा सवारी साधन चलाएको पाइएमा दण्ड जरिवाना हुने बताएको छ । यातायात व्यवस्था कार्यालय भालुबाङका प्रमुख खेमबहादुर थापाले गति नियन्त्रण बारे सवारी साधनको जाँच गरिनु स्वागतयोग्य कुरा भएको भन्दै राजमार्गकेन्द्रित सवारी जाँचलाई तीब्र पार्न आवश्यक रहेको बताउनुभयो ।

ट्राफिक प्रमुख प्रहरी निरीक्षक मल्लसहित पूर्वपश्चिम राजमार्गमा पर्ने तिव्र गतिका कारणले हुन सक्ने संभावित सवारी दुर्घटनालाई न्युनिकरण गर्न देउखुरी मसुरियादेखी अमिलियासम्म पुर्ब पश्चिम राजमार्ग अन्तर्गतका ३ स्थानहरूमा ९राडरगन० को प्रयोग गरी बिभिन्न सवारी साधनहरूको गति चेकजाँच गर्दा १५ वटा सवारी साधनका चालकहरूलाई कारवाही गर्नुका साथै २५ वटा बिभिन्न सवारी साधनका चालकहरूलाई सम्झाई बुझाई तिव्र गति जिवन क्षति” तिव्र गतिमा सवारी साधनहरू नचलाउनु हुन सम्पूर्ण चालकहरूलाई दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक मल्लले अनुरोध गर्नुभयो ।

Facebook Comments