• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रस्तावित शिक्षा ऐन : निजी शैक्षिक संस्थाका छाता संगठनले बुझाए देशभर ध्यानाकर्षण पत्र




दाङ । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० मा असहमति प्रकट गर्दै आएका निजी शैक्षिक संस्थामा छाता संगठनहरूले संयुक्तरूपमा देशव्यापी ध्यानाकर्षण पत्र बुझाएका छन् ।

आन्दोलनका कार्यक्रम अन्तर्गत आज बुधबार प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० मा असहमति प्रकट गर्दै आएका निजी शैक्षिक संस्थामा छाता संगठनहरूले संयुक्तरूपमा देशव्यापी ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

दाङ जिल्लामा पनि प्याब्सन, एनप्याब्सन र हिसानले संयुक्तरूपमा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय पालिका तथा शिक्षा सामाजिक विकास महाशाखाहरूमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

जिल्ला प्याब्सन दाङ, एनप्याब्सन र हिसानको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइमा ध्यानाकर्षण पत्र बुझाइएको थियो ।

ध्यानाकर्षण पत्र बुझ्दै दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले निजी शैक्षिक संस्थाको असन्तुष्टिलाई सम्बन्धित निकायसम्म पुर्‍याउने बताए ।

त्यस्तै ध्यानाकर्षण पत्र बुझ्दै शिक्षा विकास तथा समन्वय इकाइका इकाइ प्रमुख देवमणि चौधरीले सम्बन्धित निकायसम्म निजी विद्यालयको गुनासो पुर्‍याउने बताए ।

दाङ जिल्लाका स्थानीय पालिकामा प्याब्सन, एनप्याब्सन र हिसानका स्थानीय पालिकाले ध्यानाकर्षण पत्र बुझाएका थिए । घोराही नगर प्याब्सन, तुलसीपुर नगर प्याब्सन र राप्ती प्याब्सनले पनि ऐनप्याब्सन र हिसानसहित संयुक्तरूपमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० मा निजी शैक्षिक संस्थाहरू पाँच वर्षभित्रमा शैक्षिक गुठीको रूपमा जानुपर्ने व्यवस्था गरेको छ ।

यसैबिच मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्याब्सन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका थिए ।

आन्दोलनका कार्यक्रम अन्तरगत साउन २४ गते देशभरकै स्थानीय तह,जिल्ला प्रशासन कार्यलय,शिक्षा विकास तथा समन्वय इकाइ र प्रदेश मन्त्रालयमा ज्ञापन पत्र बुझाउने रहेको थियो। त्यस्तै साउन २५ गते माईतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने, साउन २६ गते सरोकारवाला पक्षहरु सगँ छलफल गर्ने , साउन २७ गते आ आफना संगठनहरुमा समीक्षा बैठक गर्ने, साउन २८ गतेदेखि देशभरकै निजी शैक्षिक संस्था अनिश्चितकालीन बन्द गर्ने र भदौ १ गते निजी विद्यालयका सवारी साधन सार्वजनिक स्थलमा पार्किङ गर्ने घोषणा गरेका छन् ।

Facebook Comments