• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला




घोराही । दाङको घोराही – १५ क्याम्पस रोडमा रहेको चौतारी होटेलमा एक एकजना पुरुष झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । मृत हुनेमा बुटवल घर भएका ३६ वर्षीय बासुदेब तिमिल्सिना रहेको वडा प्रहरी कार्यालय घोराहीले जानकारी दिएको छ ।

हिजो मंगलबार राति सुत्न गएको तर बिहान १० बजेसम्म पनि ढोका नखोलेपछि होटेल संचालकले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरीको टोली होटेलमा पुगेको र ढोका फोरेर हेर्दा कोठाको पंखामा झुन्डिएको अवस्थामा बासुदेव तिमिल्सिना मृत फेला परेको प्रहरीले जनाएको छ ।

उनी गत २१ गते १० बजेदेखि उक्त होटेलमा बस्दै आएको होटेल संचालकले जानकारी दिए । अनुसन्धानको क्रममा नागरिता र एक थान मोबाइल फेला परेको छ ।

घटनाको अनुसन्धान भैरहेको र परिवारलाई खबर गरिसकेको र परिवार आएपछि सवलाई पोस्टमार्टम गर्ने वडा प्रहरी प्रमुख गजेन्द्र बहादुर शाहीले सिस्ने अनलाइनलाई जानकारी दिनुभयो ।

Facebook Comments