• ७ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
छत्रेश्वरीमा शिक्षण सिकाई बडापत्र लागू, स्थानीय पाठ्यक्रम अनुसार पाठ्यपुस्तक तयार हुँदै




सल्यान । सल्यान  जिल्लामै पहिलो पटक छत्रेश्वरी गाउँपालिकाले शिक्षण सिकाई वडापत्र लागू गरेको छ । कक्षाकोठाको शिक्षण सिकाई क्रियाकलापदेखी समग्र विद्यालय क्षेत्रको शैक्षिकगतिविधि सुधार गर्ने उद्देश्यसहित शिक्षण सिकाई वडापत्र कार्यान्वयनमाल्याइएको गाउँपालिकाले जनाएको छ ।

छत्रेश्वरीको शिक्षा क्षेत्र योजनाअन्तर्गत तयार गरेर लागू भएको शिक्षण सिकाई वडापत्रले शिक्षण सिकाइमा सहजीकरण गर्ने र सबै विद्यालयको पठनपाठनमा एकरुपता आउने गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीको अपेक्षा छ । शैक्षिक क्षेत्रको उन्नती र विकासकालागि सबै सरोकारवालासंग समन्वयगर्दै अघि बढ्ने उनको भनाई छ ।

छत्रेश्वरी गाउँपालिकाभित्रका सबै विद्यालयमा शिक्षण सिकाई वडापत्र राखिएको शिक्षा, युवातथा खेलकुदशाखाले जनाएको छ । शिक्षाअधिकृत केशर बहादुर वलीले भने, ‘एकाई योजना र पाठ योजनानिर्माण गरी शिक्षण सिकाई सहजिकरण गर्न पनि बडापत्रले शिक्षकलाई महत्वपूर्ण सहयोग पुर्याउने छ । हाम्रो पालिकाका३९ वटै विद्यालयमा शिक्षण सिकाई वडापत्र राखिएको छ ।’ छत्रेश्वरी गाउँपालिकामा ४० वटा सामुदायीकविद्यालयमध्ये एउटा विद्यालयमावालविकास केन्द्र मात्रै सञ्चालनमा रहेको छ ।

गाउँपालिकाभित्र रहेकाकक्षा १ देखी ५ सम्मकाएकिकृत शिक्षकतथाकक्षा ६ देखि १० सम्मकाविषयगतशिक्षकहरु सहित त्रैमासिक रुपमा शिक्षण सिकाई योजनाबनाएर बडापत्र तयार गरिएको शिक्षाअधिकृत वलीले बताए । बडापत्र अनुसार पठनपाठन भएनभएको बारे पालिकास्तरबाट नियमित रुपमाअनुगमनतथा सहजिकरण हुने समेत उनको भनाई छ ।

छत्रेश्वरी गाउँपालिकाले यस वर्ष स्थानीय पाठ्यक्रमअनुसारको पाठ्यपुस्तकपनिनिर्माणको तयारी गरेको छ । गतवर्षदेखीकक्षा १ देखी ८ सम्म स्थानीय पाठ्यक्रमलागू गरिएको गाउँपालिकाले जनाएको छ ।

 

 

Facebook Comments