• २७ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अन्तरविद्यालय बास्केट बल प्रतियोगितामा गुरुकुल प्रथम




 

घोराही । अन्तरविद्यालय बास्केटवल प्रतियोगितामा गुरुकल एकेडेमीको समूह ए प्रथम भएको छ । मंगलबार भएको फाईनल खेलमा गोरखा बोर्डिङलाई ७१ अंकका विरुद्द ८२ अंक र्लिएर गुरुकुल एकेडेमीको समूह ए प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

गुरुकुल एकेडेमी तथा लायन्स क्लव अफ गुरुकुलको संयुक्त आयोजनामा अन्तरविद्यालय बास्केटवल प्रतियोगिता भएको हो । गत श्रावण १९ गतेबाट भएको प्रतियोगिताको फाईनल खेल सोमबार भएको हो । फाईनल खेलमा गुरुकुल एकेडेमीका यञ्जल चन्द सबैभन्दा धेरै अंक प्राप्त गर्न सफल भएका छन भने मस्ट भ्यालुयबल प्लेयर आदित्य थकालि बनेका छन । यसै गरि राईजिङ स्टार गोरखा बोडिङका सुमन घर्ति भयका छन । बिद्यार्थिहरुलाई खेल क्षेत्रमा बिकसित गराउने तथा लोप हुँदै गयको महत्वपुर्ण खेल बास्केटबल लाई बचाई राख्न र संगसंगै शारिरिक फिट गराउने उद्वेश्यले प्रतियोगताको आयोजना गरियको गुरुकुल एकेडेमीका ईसिय संयोजक विशालमान श्रेष्ठले जानकारि दिनुभयो ।

पहिलो खेलमा जनज्योति बिद्या मन्दिरले जित हात परेको छ । नेपाल पुलिस स्कुललाई ३३ अंकको विरुद्द ३४ अंक लिएर जनज्योति तेस्रो स्थानमा पर्न सफल भयको हो ।प्रतियोगितामा ६ वटा विद्यालयबाट ८ वटा समुहले भाग लियको थिए ।प्रतियोगितामा उत्कृष्ट प्रदशर्ण गर्ने सबै खेलाडिलाई ट्रफि प्रदान गरिएको थियो, भने विजेतालाई ट्रफि र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

विजेता टिम गुरुकुल एकेडेमी ए को प्रशिक्षक तथा प्रतियोगिता ब्यबस्थापनमा बास्केटबल प्रशिक्षक भुगोल मगर रहनुभयको थियो । प्रतियोगिता गुरुकुल एकेडेमीको बास्केटवल कोर्टमा भएको थियो ।

Facebook Comments