• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जातीय सद्भावमा खलल पु¥याउने खालका गतिविधिलाई नियन्त्रण गर्न जोडदार माग




घोराही । नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङ तथा नेपाल तमाङ धेदुङ जिल्ला समन्वय समिति दाङले संयुक्त रुपमा बिरोध प्रदर्शनसहित जिल्ला प्रशासन कार्यलय दाङमा सोमबार ज्ञापनपत्र बुझाएको छ ।

तामाङ र मगर लगायत समस्त आदिवासी जनजाति समुदायलाई नै अपमानित र अपराधीकरण गर्नेगरी विवादास्पद अभिव्यक्ति दिएका कानून व्यवसायी भगवती पाण्डे (शितल) विरुद्द कडा कारबाही गर्न, शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी दमन ज्यादति बिरुद्ध र आगामी दिनमा जातिय सदभावमा खलल पुर्याउने खालका गतिविधिलाई नियन्त्रणका लागि जोडदार माग गरेका छन् ।

खास गरी भगवती पाण्डे शितलले अन्तरवार्ता दिने क्रममा संविधानले नै ब्रजित गरेको कुरा जुन कसैको संस्कृति माथी आंच आउने शब्द बोल्न नहुने हो तामाङ र मगर हरुमा दाजु बहिनी बिच बिहे हुने र त्यसबाट जन्मिने बच्चाहरुको स्वभाव अपराधी खालको हुन्छ जुन भैही जस्ता जनावरहरुको पनि हाडनाता करनी भयो भने सन्तान उस्तै खालको हुन्छ भन्ने अभिव्यक्तिको बिरोधमा निज ब्यक्तिलाइ कारवाही गर भनेर प्रहरी परिसर टेकु पगेर धर्ना दिइरहेको बेला भएको प्रहरीको अमानबिय ब्यबाहरको बिरुद्धमा दोसी प्रहरी लाइपनि कार्वाही होस र घाइतेलाइ उपचार सरकारले नै गरोस साथै भगवती पाण्डेलाई हदैसम्मको कारबाहीको माग गर्दै अन्य जिल्ला झैं दाङमा पनि भब्य र सभ्य रुपमा सम्पन्न भएको छ।

अब यस्ता अभिब्यक्तिहरु कसैले कसैको बिरुद्धमा नबोलोस यो चेतावनी पनि हो र यहाका नस्बादी चिन्तन बोकेका केही झुण्डहरुले अंझै पनि बिबिध खाले सस्कृतिलाइ लत्याएर हिन्दु धर्म र ब्राह्मण बादको असलीरुप देखाने गर्दछन यसलाई हामी कदापी सहदैनौ, माग पुरा नभए आन्दोलन जारी रहने छ ।

Facebook Comments