• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बढ्दो महंगी नियन्त्रण गर्न लमही नपालाई रास्वपाको ज्ञापनपत्र




पवन पोख्रेल

लमही । राष्ट्रिय स्वतन्त्र पार्टी लमहीले महंगी नियन्त्रण नगरेको भन्दै नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ।

लमही बजारक्षेत्रमा दाल, चामल ,तेल, फलफूल ,तरकारी लगायत खाद्यान्न बस्तुको भाउ ह्वातै बढाउँदा नागरिक मर्कामा परेको भन्दै लुम्बिनी प्रदेश अभियान बिभाग सदस्य डिल्लीराज खनाल रास्वपा लमही नगर समिति सभापती शिवराज भन्डारी प्रादेशिक समिती प्रमुख बाबुराम खनाल साथै समितिका विभिन्न तहमा कार्यरत सदस्यहरुको उपस्थितीमा लमही नगर उपप्रमुख लक्ष्मी योगीलाई ध्यानाकर्षण पत्र बुझायको छ।

कोईलाबास बाटो छेउछाउ खाली गराउन, कोलहीको पुल समयमा नबन्दा बर्खायाममा यात्रु र स्थानीय नागरिकलाइ सास्ती भयको भन्दै छिटो भन्दा छिटो यसको अनुगमन गर्न र समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्न, लमही हस्पिटलमा प्रयाप्त औषधिको ब्यबस्था गर्न, ढिलासुस्ती कम गर्न ध्यानाकर्षण पत्रमा लेखिएको छ।

सरकारी कार्यालयहरूमा सेवा प्रवाहका क्रममा आगामी दिनमा पनि भष्ट्राचार बिरुद्द बारम्बार खबरदारी गर्न र नागरिकलाई छिटो छरितो सुबिधा दिलाउन रास्वपा सधै सक्रियातका साथ लाग्ने शिवराज भण्डारीले बताउनुभयो।

कोईलाबास सडकखण्डमा पर्ने कोलहिको पुल समयमा तयार पारी नागरिकलाइ अप्ठ्यारोमा नपार्न र छिट्टै बजार अनुगमन गरि मूल्य बृद्दी रोक्न र कालोबजारी गर्न नदिन बाबुराम खनालले सुझाब दिनु भयको छ।

Facebook Comments