• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पहिरोले एक जनाको मृत्यु, ६ जना बेपत्ता




मकवानपुर । मकवानपुरको बागमतीमा गएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना हराइरहेका छन् । काभ्रेको खानीखोला र मकवानपुरको बागमती गाउँपालिकाको सिमानामा पर्ने सिक्रे खोलामा पहिरोले घर बगाउँदा हराएका ७ मध्ये एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अन्य ६ जना बाने अझै बेपत्ता रहेका छन् ।

गयरातिदेखि परेको अविरल वर्षाको कारण मंगलबार बिहान ४ बजे बागमती–५ सिक्रे दोभानमा खसेको भल सहितको पहिरोले स्थानीय अक्कल बहादुर स्यान्तानको घर बगाएको थियो ।

पहिरोमा परी स्यान्तानकी श्रीमती ५५ वर्षकी सन्त माया स्याङ्तानलाई स्थानीयले उद्धार गरी मेडिकलमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । उनको बिहान ८ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

पहिरोमा परी बागमती–५ सिक्रे दोभान बस्ने वर्ष ६० को अक्कल बहादुर स्याङ्तान, निजको छोरी वर्ष २२ की शिला पहरी, ज्वाइँ वर्ष २५ को जीवन पहरी, नाति वर्ष ४ को मिलन पहरी, नातिनी डेढ वर्षकी दिव्या पहरी र सिन्धुली हरिहरपुर(१ कोकटी बस्ने वर्ष १७ को पासाङ घिसिङ रहेको उनले बताए ।

Facebook Comments