• ७ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्तीमा नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न गाउँघर किल्निक सञ्चालन




तुल बहादुर कवँर मगर
देउखुरी ।  दाङको राप्ती गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहेका नागरिकहरुलाई सहज रुपले स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्य गाउँघर किल्निक तथा रक्तचाप मापन केन्द्र सञ्चालनमा ल्याएको छ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राप्ती गाउँपालिका वडा नं.४ मझनीगढमा ८५ वर्षीय लिले गिरीकाे रक्तचाप जाँच गरी क्लिनिककाे उद्घाटन गरे ।

“हामी बिरामी नभइकन स्वास्थ्य संस्था नै जादैनाै”, उद्घाटन कार्यक्रममा बाेल्दै विष्टले भने, -“जब बिरामी पर्छाै त्यतिबेला राेग जटिल अवस्थामा पुगिसकेको हुन्छ ।”

अध्यक्ष विष्टले स्वास्थ्य संस्थाबाट टाढा रहेका नागरिकहरुलाई स्वास्थ्य सेवाकाे पहुँच पुर्याउनकाे लागि किल्निक सञ्चालन गरिएको बताउदै नियमितरूपमा स्वास्थ्य परिक्षण गराउन कार्यक्रमका सहभागीहरुलाई आग्रह गरे।

हाल पालिका भरि १८ वटा गाउँघर किल्निक स्थापना भई सञ्चालन आएको छ। किल्निक प्रत्येक महिनाकाे २१ गते सञ्चालन हुने जनाइएको छ।

साे गाउँघर किल्निकमा रक्तचाप मापन,गर्भवती,सुत्केरी जाँच सेवा, दुई वर्ष सम्मका बालबच्चाहरुकाे ताैल, परिवार नियाेजन,प्राथमिक उपचार सेवा प्रदान गरिने राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिए।

पालिकाकी उपाध्यक्ष कमलापति चाैधरीले समयमै राेगकाे पहिचान भयो भने बेलैमा बिरामीको उपचार हुनुकाे साथै पैसा र समय दुवैको बचत हुने बताइन्।

हाल पालिका मातहत ४ स्वास्थ्य इकाई, ४ आधारभूत स्वास्थ्य केन्द्र बाट नियमितरुपमा स्वास्थ्य चेकजाँच भइरहेकाे छ भने भालुवाङ्ग र सिसहनियाँमा रहेको २ वटा स्वास्थ्य चाैकी मार्फत २४ सै घण्टा स्वास्थ्य सेवा प्रदान भइरहेकाे छ।

वडा नम्बर ४ का वडा अध्यक्ष बिर बहादुर चाैधरी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओली, स्वास्थ्य शाखा प्रमुख नारायण रावत, स्वास्थ्यकर्मी पदम पाैडेल लगायतका वक्ताहरुले गाउँघर किल्निककाे आवश्यकता र त्यसबाट प्रदान गरिने सेवाहरुकाे बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए।

कार्यक्रममा वडाका जनप्रतिनिधि ,टाेल विकास संस्थाका अध्यक्ष ,महिला स्वयंसेवकका,आमा समूहका अध्यक्ष , समाजसेवी ,बुद्धिजीवी लगायत स्थानीयवासीहरुकाे उल्लेख्य सहभागीता रहेकाे थियाे भने स्वास्थ्यकर्मी चेतन पाेख्रेल र जानका पाैडेले १०० भन्दा बढी कार्यक्रममा सहभागी व्यक्तिहरुकाे रक्तचाप जाँच गरे।

अध्यक्ष प्रकाश विष्ट,प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओली र स्वास्थ्य शाखा प्रमुख नारायण रावतले वडा नम्बर ४ मा रहेको स्वास्थ्य इकाई र वडा नम्बर ८ मा रहेको गाउँघर किल्निककाे स्थलगत अवलोकन समेत गरेका छन्।

Facebook Comments