• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ क्रिकेट संघको अध्यक्षमा पुनः प्रदीप




घोराही । दाङ जिल्ल क्रिकेट संघको दोस्रो कार्यकालको लागि अध्यक्षमा पुनः प्रदिप मज्गैया सर्वसम्मत निर्वाचित भएका छन् ।

नेपाल क्रिकेट संघको विधान अनुसार आज सोमबार दाङ जिल्ला क्रिकेट संघको घोराहीमा भएको साधारण सभा तथा चौथो अधिवेशनबाट प्रदिप मज्यैयाको अध्यक्षतामा १३ सदस्य सर्वसम्मत निर्वाचित गरेको छ । जस्मा उपाध्यक्ष पदमा किशोर कुमारी घर्ति मगर, सचिव पदमा सञ्जु क्षेत्री, कोषाध्यक्ष पदमा बालकृष्ण खत्री, सदस्यहरु अनु केसी, किशोर चन्द गौतम, केशव झाक्री मगर, कैलाश रोका मगर, प्रविन बुढा मगर, रुपेश शर्मा, विकाश आचार्य, सन्जोग गिरी र सन्दिप घर्ती सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

आज सोमबार घोराहीमा भएको साधारण सभा तथा चौथो अधिवेशनको प्रमुख अतिथि नेपाल क्रिकेट संघका कार्यबाहक सचिव दुर्गाराज पाठकले लुम्विनी प्रदेश क्रिकेटको हब रहेको प्रदेश त्यस्मा दाङ जिल्ला धेरै सम्भावन बोकेको जिल्ला मध्य दाङ पनि रहकोको सचिव पाठकले बताए उनिले दाङ जिल्लाका हाल रहेको दुई वटा मैदानलाई आवश्यक पर्ने प्राविधिक, दक्षजनश्क्ति र दाङ जिल्लामा क्रिकेट लाई अगाडी बढाउन सहयोग गर्ने समेत प्रतिवद्धता समेत व्यक्त गेरका थिए ।

साधारण सभमा कोषाध्यक्ष र सचिवको प्रतिवेदन पेस भएको थियो र सर्वसम्मत प्रतिवेदन पास भएको थियो । दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदिप मज्गैयाको अध्यक्षता तथा नेपाल क्रिकेट संघका कार्यबाहक सचिव दुर्गाराज पाठकको प्रमुख अतिथि तथा लुम्विनी प्रदेशका क्रिकेट संघका दुर्गा बहादुर थापाको विशिष्ट अतिथिमा साधारण सभा तथा चौथो अधिवेशन भएको थियो ।

घोराही उपमहानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष रामलौटन चौधरी, लुम्विनी प्रदेश क्रिकेट खेलाडी छनोट समितिका संयोजक कैलाश रोका मगर, घोराही नगर खेलकुद विकासका संयोजक नरेन्द्र पुन, लुम्विनी प्रदेशका क्रिकेट संघका सचिवालय सदस्य किशोर चन्द गौतम लगायतले मन्तव्य राखेका थिए ।

सल्लाहकार खड्क बुढाथोकीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम सहजिकरण संघका सचिव सञ्जु क्षेत्रीले गरेका थिए । सल्लाहकार, पूर्व राष्ट्रिय खेलाडी, दाङका क्रियासिल क्लवका प्रतिनिधि, हालका दाङको प्रतिनिधित्व गर्ने खेलाडीको उपस्थितिमा उक्त साधारण सभा तथा अधिवेशन सम्पन्न भएको थियो ।

Facebook Comments