• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा आँखा पाक्ने समस्या बढ्दै, दैनिक १२ सय बढी बिरामी




दाङ । दाङमा आँखा पाक्नेको संख्यामा बृद्धि भएपछि विद्यालय बन्द हुन थालेका छन् । दाङको गढवा गाउँपालिकाका विद्यालय एक साताका लागि बन्द गरिएको छ । विद्यार्थीमा आँखा चिलाउने, रातो हुने तथा आँखा पाक्ने समस्या बढ्दै गएको भन्दै विद्यालय बन्द गरिएको हो ।

दाङका अन्य विद्यालयले पनि बन्द गर्ने तयारी छ । जिल्लामा दैनिक १२ सय बढि आँखाका विरामीको उपचार हुने गरेको छ । राप्ती आँखा अस्पताल दाङका कर्निया रोग बिशेषज्ञ ज्योति सापकोटाका अनुसार दाङमा सोही बराबर दैनिक आँखा पाक्ने समस्याका विरामीहरु आउने गरेका छन् ।

राप्ती आँखा अस्पतालमा दैनिक ६ सय, लमही अस्पतालमा ५ सय, भालुवाङ र सिसहनियामा एक सयको हाराहारीमा दैनिक आँखाका विरामीहरु आउने गरेका छन् ।“पछिल्लो एक हप्तादेखि आँखाका विरामी निकै बढिरहेका छन्”,उहाँले भन्नुभयो ।

आँखाका विरामी बढेसंगै औषधीको समेत अभाब हुने गरेको छ । विरामीको आँखा रातो हुने, चिलाउने, आँखाबाट पानी चुहिने जस्ता समस्या हुने गरेका छन् । सरुवा रोग भएकाले पनि एकै पटक धेरै जना सर्न सक्छ । आँखा पाक्ने समस्या भएका विरामीले अर्को ब्यक्तीलाई छुदा यसरी सर्ने गरेकाले पनि छिटो-छिटो धेरै विरामीमा सर्न सक्ने उहाँको भनाई छ ।

आँखा अस्पताल बाहेक अन्य स्वास्थ्य संस्थाहरुमा पनि आँखाका विरामीहरुको भीड लाग्ने गरेका छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पनि आँखाका विरामीहरुको घुँइचो लाग्ने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्यालले बताउनुभयो । बर्षादमा प्रायः यो समस्या हुने गर्छ ।

Facebook Comments