• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्ववियु पद्मोदय क्याम्पसद्वारा वृक्षारोपण




घोराही । स्वतन्त्र विद्यार्थी युनियन पद्मोदय क्याम्पस घोराही दाङको आयोजनामा क्याम्पस प्राङ्गणमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । पद्मोदय क्याम्पस स्ववियु सभापति विष्णु गोराथोकीको अध्यक्षता एवम् क्याम्पस प्रमुख किरण पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्प्नन भएको हो ।

कार्यक्रममा नेविसंघ दाङका अध्यक्ष कुलराज पोख्रेल , अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष गिरबहादुर महरा , जिल्ला समन्वय समिती दाङकी सदस्य जुनु मगर , अखिल ९क्रान्तिकारी० दाङ पुर्बी क्षेत्रका संयोजक दिपक केसि , महेन्द्र बहुमुखी क्याम्पस स्ववियु सभापती मनोज डाँगी , स्ववियु सदस्य सुशिला घर्तीमगर , अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस संयोजक प्रसान्त पोख्रेल, नेविसंघ दाङ सदस्य गुरु गौतमको कार्यक्रममा सहभागी रहनु भएको थियो ।

वातावरणमा स्वच्छ राखौं प्रकृतिको संरक्षण गरौँ भन्ने उद्देश्यले आयोजना भएको कार्यक्रममा बिद्यार्थी र शिक्षकको सक्रियता क्याम्पस प्रमुख किरण पौडेल र जुनु मगरले मन्तव्य राख्नुभएको थियो ।बिद्यार्थीले आज सात प्रजातिका ९० बिरुवासहित बिभिन्न फुलहरु पनि रोपेका छन ।

कार्यक्रममा स्ववियु तर्फ अस्मिता पाण्डे, अनुशा शर्मा, अस्मिता रेग्मी, गङ्गा बाठा मगर, सङ्गिता चौधरी,येमुना पाण्डेय, बिद्यार्थी, शिक्षक सहित ४० जना सहभागी रहेको कार्यक्रमको सहजिकरण स्ववियु सचिव अस्मिता पाण्डेले गर्नुभएको थियो ।

Facebook Comments