• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु




घोराही । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा आइतबारदेखि सुरुभएको छ । युरोलोजीष्ट सर्जन डा. प्रबोध रेग्मीले सो सेवा दिनु हुने भएको हो ।

प्रतिष्ठानका अस्पताल प्रशासक समेत रहनु भएका डेपुटि रजिस्ट्रार झङ्कार लामीछानेले अस्पतालमा अबदेखि युरोलोजि सेवा पनि थपिने जानकारी दिनुभयो । अबदेखि युरोलोजि सेवा अन्तरगत पिसाब सम्बन्धि सबै, प्रोष्टेड र  किड्निमा परेको पत्थरी, पिसावको नलि, थैलिको पत्थरी, अण्डकोषमा मासु पलाएको, सुन्नीएको, पिसाव पोल्ने, चुहीने लगायतका विभिन्न सेवाहरु विरामीहरुले प्राप्त गर्ने डा. रेग्मीले बताउनुभयो ।

अस्पतालका निमित्त निर्देशक तथा जेष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कडेलले युरोलोजी सेवा थप भएको र अब बिरामीले स्थानियस्तरमै सहजरुपमा विशेषज्ञ सेवा प्राप्त गर्न सक्ने बताए । डा. रेग्मी आइतबार नै अस्पताल पुगेर हाजिर भएको प्रतिष्ठानले जनाएको छ ।

लामोसमयदेखि युरोलोजी सेवा दिन थाल्नु भएका रेग्मी अनुभबि चिकित्सक हुनुहुन्छ ।

डा. रेग्मीलाई प्रतिष्ठानका शिक्षाध्यक्ष डा. बसन्त लामीछाने, अस्पताल निमित्त निर्देशक डा. कडेल, सहायक निर्देशक डा. एन्जिलिका कार्की,अस्पताल प्रशासक लामीछानेसहित चिकित्सक र कर्मचारीले स्वागत गर्नु भएको हो । त्यस्तै एमजिडिपिमा प्रोफेसर डा. नारायण सिंह गुरुङ, सर्जरिमा  एशोसियट प्रोफेसर डा. सुर्यमान गुरुङले पनि सेवा सुरु गर्नुभएको छ ।

Facebook Comments