• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आँखा पाक्ने राेग फैलिएपछि गढवाका विद्यालय एक हप्ताका लागि बन्द




आलोक भावुक
गढवा । आँखासम्बन्धी रोगको प्रकोपका कारण दाङको गढवा गाउँपालिकाका विद्यालय एक हप्ताका लागि बन्द भएका छन् । आँखासम्बन्धी राेगका बिरामी बढ्दै जान थालेपछि गाउँपालिकाले एक सूचना निकालेर आज आइतवारदेखि साउन २८ गतेसम्म विद्यालयमा पठनपाठन स्थगन गर्न अनुरोध गरेको हो ।

‘केही दिनयता विद्यालय तथा समुदायस्तरमा बालवालिकाहरूको आँखा चिलाउने, पाक्ने र रातो हुने समस्या बढिरहेकाे हुँदा त्यस समस्याबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्नका लागि मिति साउन २८ गतेसम्म यस पालिकाअन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरू बन्द गर्नु र गराउनु हुन आदेशअनुसार सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, गाउँपालिकाकाे शिक्षा शाखाले निकालेकाे सूचनामा उल्लेख छ ।

सामुदायिक विद्यालयहरूमा भने यसअघि नै बर्खे बिदा गरिएको छ । बर्खे बिदापछि सामुदायिक विद्यालयहरू साउन २९ गतेदेखि सञ्चालन हुनेछन् ।

दाङसहित देशका धेरै ठाउँमा अहिले आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको छ । डाक्टरले आँखामा कुनै समस्या देखिए अस्पताल जान र आफूखुशी जथाभाबी औषधि नहाल्न सुझाव दिँदै आएका छन् ।

Facebook Comments