• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यानमा घाँटी रेटिएको अवस्थामा महिलाको शव फेला




सल्यान । सल्यानमा एक महिलाको घाँटी रेटिएको अवस्थामा शब फेला परेको छ ।

जिल्लाको शारदा नगरपालिका वडा न.- १४ माल्नेटा ढारखानी बस्ने अन्दाजी ४७ वर्षकी प्रमिला गिरी आइतबार बिहान घर नजिकै मृत फेला परेकी हुन् । घाँस काट्न बिहानै बारीमा पुगेकी महिला घर नआएपछि परिवारले खोजीकार्य गर्दा मकै बारीमा मृत अवस्थामा भेटिएकी हुन ।

घटनाको प्रारम्भिक अवस्था र शब हेर्दा घाँटी काटिएको जस्तो देखिएको स्थानीयले बताएका छन् । हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सल्यानको टोली पुगेको र घटनाबारे थप अनुसन्धान भैरहेको सल्यान प्रहरीले बताएको छ ।

Facebook Comments