• ७ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भारतमा कार दुर्घटना हुँदा नेपालगन्जका ६ जनाको मृत्यु 




नेपालगन्ज । नेपालगन्जमा एकै परिवारका ४ सहित ६ जनाको भारतको श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा निधन भएको छ ।

त्रिभुवन चोकका वैभव गुप्ता, उहाँकी पत्नी दीपिका गुप्ता,५ वर्षकी छोरी बैभवी गुप्ता र ९ महिनाकी छोरी श्रेया गुप्ताको निधन भएको हो ।

यसै गरी निलान्स गुप्ता र उहाँकी बहिनी नीति गुप्ताको पनि भारत श्रावस्तीको एकाउन्न भन्ने स्थानमा शनिवार राति भएको दुर्घटनामा निधन भएको छ ।

दुर्घटनामा निधन हुने ६ जना नै नातेदार रहेको प्रहरीले जनाएको छ । दुई परिवारका ६ जनाको निधन भएपछि नेपालगन्ज बजार शोकमा परेको छ ।

वैभव भारत माइतीमा रहेकी पत्नीलाई साथ लिएर फर्किने क्रममा शनिबार नेपाली समयअनुसार साँझ साढे ६ बजे गाडी दुर्घटनामा परेको थियो ।

Facebook Comments