• ७ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही बाल क्लबले सदस्यता विस्तार गर्ने




घोराही । घोराही बाल क्लवको शनिबार सर्वाेदय पुस्तकालय तथा वाचनालयमा बसेको बैठकले सदस्यता विस्तार गर्ने निर्णय गरेको छ ।

‘आज हामीले क्लबका उदेश्य, आचारसंहिताका साथै सदस्यता विस्तार गर्ने निर्णय गरेका छौँ ।’ क्लबकी अध्यक्ष मेधावी दुढाथोकीले भनिन् । धेरै भन्दा धेरै स्कुले बालबालिकालाई क्लबमा आवद्ध गर्ने र उनीहरुलाई असल नागरिक बनाउने उदेश्य रहेको बताउँदै बुढाथोकीले थपिन्, ‘बालबालिकालाई असल बनाउन सकिएन भने समाज असल हुँदैन । बालबालिकामा पुस्तक पढ्ने बानीको विकास गर्दै अतिरिक्त क्रियाकलापमा समेत अब्बल बनाउन लागि पर्ने छौँ ।’

लेखक प्रमोद धिताल र सूर्य बिसीको पहलमा गत असाढ ९ गते गठन भएको क्लवको आज पहिलो बैठक बसेको हो । कार्यक्रममा क्लबका पदाधिकारीहरुलाई नै सहभागि बनाई उदेश्य, आचारसंहिता निर्माण गरिएको प्रमोद धितालले बताए । कार्यक्रमको सहजिकरण सूर्य बिसीले गरेका थिए ।

Facebook Comments