• ७ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अनेरास्ववियुद्वारा पद्मोदयमा हाजिरी जवाफ प्रतियोगिता  




घोराही । दाङको घोराही उपमहानगरपालिका वडा नंम्वर १७ चौघेरामा रहेको पद्मोदय क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको छ ।

अनेरास्ववियु पद्मोदय क्याम्पस कमिटीका अध्यक्ष दिपक पाण्डेको अध्यक्षता तथा नेकपा एमाले दाङका स्कुल विभाग प्रमुख विवेक श्रेष्ठको प्रमुख आतिथ्यता एवं प्रतियोगिताका पुरस्कार संयोजक कृष्णमान बुढाको विशिष्ठ आतिथ्यतामा प्रतियोगिता गरिएको हो ।

अनेरास्ववियु पद्मोदय क्याम्पस कमिटीको आयोजनामा गरिएको क्याम्पस स्तरीय हाजिरी जवाफ प्रतियोगितामा महेन्द्र बहुमुखी क्याम्पस प्रथम, देउखुरी बहुमुखी क्याम्पस द्वितीय र महेन्द्र बहुमुखी क्याम्पस बि समुह तृतिय भएको छ । जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगितामा २० वटा टिम सहभागी भएका थिए ।

प्रतियोगितामा प्रथम हुने समुहले चार हजार नगद र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै दोस्रो हुने समुहलाई ३ हजार र तेस्रो हुने समुहलाई २ हजार नगदसहित प्रमाण पत्र प्रदान गरिएको विद्यार्थि सुर्य विकले जानकारी दिनुभएको छ । कार्यक्रमको सहजिकरण नारायन न्यौपानेले गर्नुभएको थियो ॥

Facebook Comments