• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मावि रझेनामा लागूऔषध सम्बन्धी सचेतनासँगै सहयोग हस्तान्तरण




घोराही । घोराही १८ स्थित श्री माध्यमिक विद्यालय रझेनामा लागु औषध सम्वन्धी सचेतना कार्यक्रमसँगै विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको छ ।

समाज कल्याण केन्द्रको आयोजनामा शुक्रबार भएको कार्यक्रममा वडा प्रहरी कार्यालय घोराहीका प्रमुख गजेन्द्रबहादुर शाहीले प्रशिक्षण दिनुभएको थियो ।

उहाँले लागु औषध भनेको के हो ? लागु औषध सेवन गर्दा स्वास्थ्यमा पर्ने असर, लागुऔषध सम्वन्धी कानुनी व्यवस्था लगायत विषयमा प्रशिक्षण दिनुभयो ।
केन्द्रका अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा घोराही उप महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष भरतमणि अर्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

लागु पदार्थ दुव्र्यसनीबाट वालवालिकाहरुलाई जोगाउन अभिभावकहरुले ध्यान दिनुपर्ने बताउनुभएको थियो । आफना वालवालिकाहरुले गर्ने गतिविधिहरुका बारेमा अभिभावकहरु सचेत र जानकार हुनुपर्ने उनीहरुको भनाइ थियो । सबै मिलेर सचेत गराउन दुव्र्यसनीबाट बचाउन सकिने सहभागिहरुले बताउनुभएको थियो ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक लालमणि आचार्य, सहयोग पाउने विद्यार्थीका अभिभावक माया बुढा, विद्यार्थी यादव भण्डारी लगायतले भनाई राख्नुभएको थियो ।

समाज कल्याण केन्द्रले विद्यालयमा अध्ययनरत २ जना विद्यार्थीलाइ शैक्षिक सामग्री सहयोग गरेको छ । कक्षा ३ का सन्तोष वुढा र कक्षा ४ मा अध्ययनरत बिक्रम वुढालाई झोला तथा कापीकलम प्रदान गरिएको थियो । गरिब तथा जेहेन्दार विद्यार्थीका रुपमा उनीहरुलाई कक्षा १२ सम्म अध्ययन गर्दा लाग्ने सम्पूर्ण खर्च केन्द्रले व्यहोर्ने गरी जिम्मेवारी लिएको केन्द्रका अध्यक्ष निर्मला गौतमले जानकारी दिनुभयो । केन्द्रले गरिव तथा विपन्न गरिवारका वालवालिकाहरुलाई सहयोग गर्नका लागि एक रुपैयाँ खुत्रुके अभियान समेत सञ्चालन गदै आएको छ ।

केन्द्रका उपाध्यक्ष निरजा पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहभागिलाई धन्यवाद ज्ञापन निर्मला गौतम रेग्मीले दिनुभएको थियो भने कार्यक्रमको सहजीकरण केन्द्रका सदस्य शारदा घर्तीले गर्नुभएको थियो ।

Facebook Comments