• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एकीकृत अखिल नेपाल शिक्षक संगठनमा आबद्ध हुनेको संख्या १ हजार पुग्यो




दाङ । एकीकृत अखिल नेपाल शिक्षक संगठनमा आबद्ध हुनेको शिक्षकको संख्या १ हजार १५ जना पुगेको छ । संगठन सुदृढीकरण तथा बिस्तार अभियानको अबसरमा घोराहीमा आयोजित शिक्षकको पेशागत अधिकार तथा गुणस्तर अभिबृद्धी सम्बन्धी कार्यक्रममा संगठनका अध्यक्ष झग्गुप्रसाद केसीले जानकारी दिनु भएको हो ।

गत साउन ९ गतेदेखि सुरु भएको संगठन सुदृढीकरण तथा बिस्तार अभियान दाङका दशवटै पालिकामा सम्पन्न भएको छ । जस अन्तरगत बबईमा ३४, शान्तिनगर ९०, दंगीशरण ३५,तुलसीपुर उपमहानगरपालिकामा ११५,घोराहीमा उपमहानरपालिकामा १६८ ,बंगलाचूली १८०, जना शिक्षक संगठनमा आबद्ध भएका छन् ।

यस्तै लमही नगरपालिका ६७,राप्ती ८४,राजपुर १६७ र गढवा गाउपालिकाका ७१ जना शिक्षक संगठनमा आबद्ध भएको अध्यक्ष केसीले जानकारी दिनुभयो । यस्तै शिक्षक संगठनको केन्द्रीय कार्यालयको भवन बनाउँन दाङबाट ६ लाख ८१ हजार,४ सय३२ रुपैयाँ सहयोग उपलब्ध गराईएको छ । भवन निर्माणका लागि बबई गाउँपालिकाबाट ६६ हजार ८ सय ३५,शान्तिनगर १ लाख १९ हजार ७ सय ,दंगीशरण २२ हजार,तुलसीपुर उपमहानगरपालिका ९९ हजार ३ सय ८२ रुपैयाँ सहयोग स्वरुप उपलब्ध छ ।

यस्तै घोराही उपमहानगरपालिकबाट १ लाख ७८ हजार ३ सय २ ,बंगलाचूली २४ हजार, गढवा २६ हजार लमही नगरपालिका ७२ हजार राप्ती गाउँपालिका २४ हजार र राजपुर गाउँपालिकामा कार्यरत शिक्षकहरुले ४८ हजार ७ सय २५ रुपैयाँ प्रदान गरेका छन् । कार्यक्रममा बोल्दै संगठनका केन्द्रीय उपाध्यक्ष निमबहादुर केसीले समाज परिर्वतन गर्ने जिम्मा शिक्षकहरुको हातमा रहेको भन्दै त्यसलाई गम्भिर रुपमा लिन शिक्षकहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएका केसीले शैक्षिक गुणस्तरका लागि कसैसंग सम्झौता नहुने बताउँनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्र दाङका सचिव विश्वराज आर्चायले जिल्लाका दशवटै पालिकामा संगठन विस्तारको कामलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

शिक्षक समाजको बौद्धिक सम्पति भएको धारणा राख्दै सचिव आचार्यले बालबालिकालाई दिने शिक्षा समय अनुकुल बनाउँदै लैजानु पर्ने धारणा राख्नुभयो ।

त्यसअबसरमा संगठनका केन्द्रीय अर्थ उपमहासचिव गणेश रिजाल, लुम्बिनी प्रदेशका अध्यक्ष मधुसुधन पोखरेल लगाएतले आ–आफ्नो धारणा व्यक्त गर्नु भभयो । संगठनका घोराही नगर कमिटीका अध्यक्ष हुमबहादुर राणाको अध्यक्षमा भएको कार्यक्रमको संचालन शशीराम ओलीले गर्नु भएको थियो भने स्वागत जयन्ता घिमिरले गर्नुभयो ।

Facebook Comments