• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गायक तथा संगीतकार थानेश्वरले प्रेमको नशा पिएपछि भयो हङ्गामा




दाङ । गायक तथा संगीतकार थानेश्वर गौतमले प्रेमको नशा पिएपछि हङ्गामा भएको छ । गायक गौतमले प्रेमको नशा पिएसँगै नेपाली गजल क्षेत्रमा अर्को थप सांगीतिक कोशेलीले प्रवेश पाएको हो ।

नेपाली गजल गीत संगीतमा बर्चस्व कायम गर्दै आएका गायक गौतमको आज शुक्रबार ‘पिएर प्रेमको नशा’ बोलको गजल सार्वजनिक भएको छ । प्रभा बर्तौलाको शब्दमा रहेको गजलमा गायक गौतमले संगीत भरेका छन् भने गायक गौतमलाई सबिता बस्नेतले स्वरमा साथ दिएकी छिन् ।

श्रृङगार रसले भरिएको श्रृङ्गारिक गजल ‘पिएर प्रेमको नशा’ ले गजलको मर्मलाई आत्मसात् गरेको छ । प्रेमी र प्रेमिकाबिचको सुमधुर प्रेमिल वार्तालापलाई ‘प्रेम’ मिथक बनाएर तयार पारिएको गजलले प्रेमको भाव र भाषालाई लालित्य ढङ्गले समेटेको छ । प्रेमका रमाइला क्षण, पीडाका क्षणलाई समेटर तयार पारिएको गजलमा बिनोद बाजुरालीको एरेन्ज, राजेन्द्र बाजुरालीको प्रि मिक्सिङ रहेको छ । मालश्री रेकर्डिङ स्डुडियोमा रेकर्ड भएको गजललाई सागर बाजुराली र गोबिन्द पराजुलीले रेकर्ड गरेका हुन् ।

गायक गौतक अहिले सांगीतिक भ्रमणमा युरोपमा रहेका छन् । नेपाली गीत संगीतको उन्नयनका लागि अहिले उनी स्विजरल्यान्डमा रहेका । छन् । थानेश्वर युट्युब च्यानलबाट सार्वजनिक गरिएको ‘पिएर प्रेमको नशा’ स्विजरल्यान्डबाट सार्वजनिक गरिएको हो ।

पछिल्लो चरणमा नेपाली गनल गायनका क्षेत्रमा गौतम जमेका गायक मानिन्छन् । उनका गजल गीतहरु चर्चाको शिखरमा रहेको छन् ।

Facebook Comments