• ७ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा ट्रकको ठक्करबाट एकजना गम्भीर घाइते




लमही । देउखुरीमा ट्रकको ठक्करबाट एक जना महिला गम्भीर घाइते भएकी छन् ।

लमही नगरपालिका वडा नम्बर ८ सतबरियामा पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको सु प प्र ०१००१ ख २८५२ नम्बरको मालबहाक ट्रकले शुक्रबार दिउँसो साढे १ बजे पैदल यात्रीलाई ठक्कर दिएको हो ।

घाइते हुनेमा राजपुर गाउँपालिका ७ सुनपत्री बस्ने अन्दाजी बर्ष ३२ कि रामकली बोहरा रहेकी छन् । उनको अनुहारमा गहिरो चोट लागेको छ । लमही अस्पतालमा सामान्य उपचार पश्चात् घाइतेलाई नेपालगञ्ज रिफर गरिएको पारिवारिक श्रोतले जनाएको छ । गाडी र चालक प्रहरीको हिरासतमा रहेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख सुरेन्द्र बर्तौलाले बताएका छन् ।

Facebook Comments