• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लायन्स क्याबिनेट बैठकको तयारी पूरा




दाङ ।दाङमा हुन थालेको लायन्स क्लब इन्टरनेसनल ३२५ एन को पहिलो क्याबिनेट बैठकको तयारी पूरा भएको छ । भोलि शनिबार दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १० स्थित दाङ फन भ्यालीमा हुन थालेको लायन्स क्लब इन्टरनेसनल ३२५ एन को पहिलो क्याबिनेट बैठकको तयारी पूरा भएको हो ।

नेपालमा रहेका १५ वटा डिस्ट्रिकमध्ये सबैभन्दा ठूलो डिस्ट्रिकका रुपमा रहेको एन ले पहिलो क्याबिनेट बैठक दाङमा गर्न थालेको हो। प्रथम क्याबिनेट बैठकलाई भब्य रुपमा सफल पार्नका लागि एक मूल आयोजक समिति र २५ वटा उपसमिति गठन गरिएको डिस्ट्रिक एक्जुकेटिभ चिफ तथा मूल समितिका संयोजक लब नरसिंह अधिकारीले जानकारी दिए ।

क्याबिनेट बैठकमा करिब एक हजार जनाको सहभागिता रहने बताइएको छ । यस्तै उक्त क्याबिनेटमा लायन्स क्लब इन्टरनेसनलका डाइरेक्टर बालकृष्ण बुर्लाकोटीको उपस्थिति रहने बताइएको छ। संयोजक अधिकारीले दाङ जिल्लाको पर्यटन प्रवद्र्धन समेत गराउने उद्देश्यले क्याबिनेट बैठक दाङमा राखिएको बताएका छन् ।

‘दाङ पर्यटकीय दृष्टिले अत्यन्त सुन्दर भूमि हो । धार्मिक, प्राकृतिक, भौगोलिक तथा सांस्कृतिक पर्यटनको प्रबल सम्भावना बोकेको दाङलाई पर्यटनका क्षेत्रमा अब्बल रुपमा दर्ज गर्न आवश्यक छ । विभिन्न संघसंस्था तथा निकायबाट यसको पहल भइरहेको छ नै समृद्ध दाङका लागि पर्यटन व्यवसाय आवश्यक रहेको नकार्न सकिदैन नै । यही आवश्यकता तथा दाङलाई पर्यटकीय हबका रुपमा स्थापित गराउन यो क्याबिनेट बैठकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएका छौँ ।’

Facebook Comments