• २३ फाल्गुन २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
डाक्टरमाथि हातपात गरेको आरोपमा एकजना पक्राउ




सल्यान । सल्यानमा डाक्टरमाथि हातपात गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्ला अस्पताल सल्यानमा कार्यरत डाक्टर राहुल पाण्डेयमाथि हातपात गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सल्यानले एक जनालाई पक्राउ गरेको छ ।

डाक्टर पाण्डेयमाथि अपशब्द प्रयोग गरी सार्वजनिक स्थानमा हातपात गरेको भन्दै प्रहरीले दार्मा गाउँपालिका १ का अन्दाजी २२ वर्षीय दिपेन्द्र चन्दलाई पक्राउ गरेको हो ।

बुधबार साँझ शारदा नगरपालिका १ श्रीनगरमा डाक्टर माथि चन्दले मादक पदार्थ सेवन गरी अपशब्द प्रयोग गरी सार्वजनिक स्थलमा हातपात गरेको भन्दै डाक्टरले जाहेरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो ।

अभद्र ब्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय सल्यानबाट म्याद थप गरि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 

Facebook Comments