• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हिमाल एकेडेमीमा एकदिने प्रेरणादायी कक्षा सञ्चालन




बासुदेव आचार्य
दाङ। तुलसीपुर – ६ रजाैरा दाङमा अवस्थित हिमाल एकाडेमी कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुका लागि आज एकदिने प्रेरणादायी कक्षा सञ्चालन भएकाे छ ।

हिमाल एकाडेमीकाे आयोजना र मानव सेवा आश्रम तुलसीपुरकाे समन्वयमा सञ्चालित कार्यक्रमकाे प्रमुख उत्प्रेरककाे रुपमा मानव सेवा आश्रमका संस्थापक एवम् केन्द्रीय अध्यक्ष रामजी अधिकारी रहनु भएकाे थियाे ।

हराउँदै गएकाे संस्कार,विदेश पलायन हुँदै गएका युवा जनशक्ति र आफुले आफुलाइ चिन्न नसक्दा पिडाबाेध गर्नुपरेकाे हाम्रो समाजकाे तिताे यथार्थलाई झल्काउदै जीवनमा आफु सबल र सक्षम हुनकाे लागि जीवन जिउने कलाकाे बारेमा अधिकारीले प्रस्ट पार्नुभएकाे थियाे ।

आफ्नो साेच,विचार बानी र मनाेवृतिलाई स्थिर राख्न सकियाे भने सफल र सबल बन्न अरु केही नचाहिने कुरा उहाँले राख्नुभयाे । संस्कार,सत्कार र सुशासन हराउदै गएकाे हाम्राे समाजमा अाफूले अाफैलाई पहिचान गर्न नसक्दा र अरुकाे अनुकरणमा लाग्दा दु:ख पाउने गरेकाे करा पनि उहाँले राख्नुभयाे । जीवकाे सार भनेकाे कर्म हाे र कर्मकाे मूल्य जुनसुकै अवस्थामा पनि मिल्न सक्ने कुराकाे श्रव्य दृश्य प्रस्तुत गर्दै गर्दा धेरै शिक्षक शिक्षिका र सयाैं विद्यार्थीका अाँखाबाट अासु रसाइरहेका थिए ।

करिब चार घन्टासम्म चलेकाे कार्यक्रममा कक्षा ११ र १२ मा अध्यनरत करिब ७०० विद्यार्थीकाे सहभागीता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण विद्यार्थीलयका प्राचार्य मधुसुदन के. सीले गर्नुभएको थियाे ।

Facebook Comments