• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
साहित्यको विकास र विस्तारका लागि मुक्तक प्रतियोगिता जारी




घोराही । विश्व नेपाली साहित्य महासंघ दाङ शाखाले नेपाली साहित्यको विकास र विस्तार गर्ने मुल उद्देश्यका साथ मुक्तक प्रतियोगिता एवं प्रशिक्षण जारी राखेको छ । शाखाको आयोजनामा श्रावण १४ गते आइतवारदेखि प्रारम्भ गरिएको उक्त मुक्तक कार्यक्रम श्रावण २० गते शनिवारसम्म रहने आयोजकले जनाएको छ ।

विश्वभर छरिएर रहनुभएका नेपाली साहित्यलाई माया गर्नुहुने अनुज तथा अग्रज जोकोहीले पनि विश्व नेपाली साहित्य महासंघ दाङ शाखाको ग्रुपमा जोडिएर पोस्टमा राखिएको नियम अनुसार आफ्नो एक वा एक भन्दा माथि ९अभ्यासमा आधारित० स्वतन्त्र मुक्तकहरू राख्न सक्नेछन् ।

उक्त कार्यक्रमको प्रशिक्षण तथा अभ्यास निर्माण साहित्यकार चेतन खनालले गर्दै हुनुहुन्छ भने समायोजन साहित्यकार सुरेस कुमार पाण्डेय र भाषिक सुझावमा साहित्यकार वसन्त अनुभवले सहयोग गर्दै हुनुहुन्छ । संस्थाले आगामी दिनहरूमा पनि बिभिन्न बिधामा साहित्यिक कार्यक्रम गर्दै अगाडि बढ्ने संस्थाका अध्यक्ष सुरेस कुमार पाण्डेयले जानकारी दिनुभयो ।

प्रशिक्षक चेतन खनालले दाङ जिल्लामा पनि साहित्यिक क्षेत्रमा अधिक पिछडिएको बंगालाचुली गाँउपालिकाभित्र आफूहरुले साहित्यमा रूचि राख्ने अनुज तथा अग्रज बिभिन्न व्याक्ति तथा संस्थासँग हातेमालो गर्दै छिट्टै साहित्यिक विकासमा योगदान पुर्याउने बताउनुभयो । त्यसको लागि हामीले निरन्तर अभ्यास पनि गरिरहेकाछौँ, हाम्रो ठाँउमा पनि उत्साह र उमंङ्गका साथ साहित्यको विकास गरौ भन्ने सोचभएका र सहित्यमा रुचि राख्ने युवाहरूसँगै जोडिएर अगाडि बढ्न उहाँले आग्रह समेत गर्नुभयो । विश्व नेपाली साहित्य महासंघ दाङ शाखासँग सहकार्य गर्दै बंगलाचुली शाखाको पनि छिट्टै विस्तार गरिने उहाँले जानकारी दिनुभयो ।

Facebook Comments