• ७ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राजीनामा दिएका वडाध्यक्ष शाह एक महिनापछि काममा फर्किए




दाङ । बजेटको बिषयमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष जितेन्द्र शाह पुनः काममा फर्किएका छन् ।

गत असार १२ गते घोराहीका मेयर नरुलाल चौधरीलाई राजीनामा पत्र बुझाएका वडाध्यक्ष शाह एक महिनापछि पुनः काममा फर्किएका हुन् ।

वडाध्यक्ष शाहले आज (बिहीबार) सामाजिक सञ्जाल फेसबुकमार्फत काम गर्दै गरेको एक तस्वीर राख्दै आफू काममा फर्किएकोबारे जानकारी गराएका हुन् ।

एमालेबाट निर्वाचित शाहले आफ्नो वडामा परेको बजेटप्रति मेयरसँग असन्तुष्टि ब्यक्त गर्दै आएका थिए । आफ्नै पार्टीबाट निर्वाचित मेयरले आफूले मागेका योजनामा बजेट नदिएको भन्दै उनले असार १२ गतेको नगरसभाका क्रममा राजीनामा बुझाएका थिए । राजीनामा पत्रमा उनले वडावासीको चाहना अनुसार काम गर्न नसकेकाले आत्मग्लानि भएको उल्लेख गरेका थिए ।

मेयर चौधरीले भने वडाध्यक्ष शाहको राजीनामा स्वीकृत गरेका थिएनन् । मेयर चौधरीले उनलाई पटक पटक काममा फर्कन आग्रह गर्दै आएका थिए ।

Facebook Comments