• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही उपमहानगरले आँखाको निःशुल्क शल्यक्रिया गर्ने




तुलसीपुर । घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा पनि आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने भएको छ । घोराही उपमहानगरपालिकाले उज्यालो कार्यक्रम अन्तर्गत यस वर्ष पनि निःशुल्क आँखाको शल्यक्रियाका लागि सम्झौता गरेको हो । विगत ६ वर्षदेखि उज्यालो अभियान अन्तर्गत घोराही उपमहानगरपालिका र नेपाल नेत्रज्योति सङ्घ, राप्ती आँखा अस्पतालसँग सम्झौता गरी मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया हुँदै आएको थियो । यस वर्ष पनि एक सय २५ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रियाका लागि बुधवार सम्झौता भएको राप्ती आँखा अस्पतालले जनाएको छ ।

राप्ती आँखा अस्पतालका नि। प्रशासक शालिकराम गौतम र उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, नारायणप्रसाद घर्ती र लेखा अधिकृत लोकमणि शर्माबिच भएको सम्झौतामा आर्थिक वर्ष ०८०÷०८१ मा कम्तिमा एक सय २५ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गर्ने उल्लेख छ । साझेदारी कार्यक्रम अन्तर्गत उपमहानगरपालिकाले एसआइसिएस प्रविधिबाट मोतियाविन्दुको शल्यक्रिया गरेमा अस्पताललाई प्रतिव्यक्ति ८ हजार उपलब्ध गराउने छ ।

त्यस्तै सेवा प्रदायकले मोतियाविन्दुको फेको प्रविधिबाट शल्यक्रिया गराउनु परेमा भने थप ५ हजार तिर्नु पर्ने सम्झौतमा उल्लेख छ । आर्थिक वर्ष ०७५÷०७६ देखि सुरु भएको साझेदारी कार्यक्रम अन्तर्गत हालसम्म उपमहानगरपालिकाले ४ सय ९७ जनामा देखिएको मोतियाविन्दुको शल्यक्रिया गरी उज्यालो प्रदान गरेको छ । यस आर्थिक वर्षमा उपमहानगरपालिकाले २० लाख रकम समेत छुट्याएको छ । यस्तै उपमहानगरपालिकाले पहिलो चरणमा एक सय २५ जनाको शल्यक्रियाका लागि सम्झौता गरे पनि आवश्यक परे थप सहयोग गर्ने जनाएको छ ।

त्यस्तै नगर प्रमुख नरुलाल चौधरीले निःशुल्क र सर्वसुलभ स्वास्थ्य सेवा पाउने सबै नागरिकको अधिकार भएको भन्दै आफूहरूले विगत ६ वर्ष पहिलेदेखि निःशुल्क आँखा उपचार सेवाका लागि विभिन्न शिविर र त्यहाँ भेटिएका मोतियाविन्दुका बिरामीलाई निःशुल्क शल्यक्रिया सेवा दिएको बताए । उनले नीतिगत रूपमै आफूहरूले मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने निर्णय गरेको भन्दै अब कोही पनि पैसा अभावका कारण उपचार नपाएर अन्धोपनमा जीवन बिताउन नपर्ने बताए । त्यस्तै पालिकाले राप्ती आँखा अस्पताललाई सिलिडल्याप अर्थात आँखा जाँच गर्ने मेसिन सहयोग गरेको छ भने अब केही समयमै अर्को मेसिन सहयोग गर्ने तयारी समेत गरेको बताइएको छ ।

Facebook Comments