• ७ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पञ्चकन्या ग्रुपद्वारा दाङमा प्राविधिक भेटघाट




दिनेश रैदास

दाङ । पञ्चकन्या ग्रुपद्वारा दाङ जिल्लालाई केन्द्रित गर्दै बिहीबार तुलसीपुरमा प्लम्बर कार्यमा संलग्न प्राविधिक (प्लम्बर) हरुलाई लक्षित भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा पन्चकन्या ग्रुपका प्लास्टिक डिभिजन वरिष्ट विभागीय प्रमुख गणेश कुमार कार्कीले भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सहभागि प्लम्बरहरुलाई अझैं सफलता प्राप्त गर्न निरन्तरता दिन आग्रह गर्नु भएको थियो।

कार्यक्रम अन्तर्गत पञ्चकन्या ग्रुपबाट उत्पादित स्टील र प्लास्टिक पाइप, ट्याङ्की लगायतका सामाग्रीहरुका बारेमा पञ्चकन्या ग्रुपका बजार प्रबंधक सुरेश मिश्रले जानकारी साथै यसका उपयोगिता र प्राविधिक विशेषताका बारेमा जानकारी प्रदान गराइएको हो ।

पन्चकन्या ग्रुप दाङका सेल्सडिष्ट्रिब्युटर मयूर दाङ शाखाका सञ्चलक नरेश ओलीलाई कार्यक्रममा शुभकामना मन्तब्य राख्नु भएको थियो। कार्यक्रमका पन्चकन्या ग्रुप एसएस ट्यांक शक्ति भुस र राप्ती अञ्चल सेल्स म्यानेजर फिरोज ओलिको उपस्थिति रहेको थियो।

Facebook Comments