• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमै व्यावसायिक फुटबल प्रशिक्षण केन्द्र




दाङ । बालबालिकालाई फुटबल खेलसम्बन्धी प्रशिक्षण गराउने उद्देश्यले घोराहीमा लुम्बिनी फुटबल प्रशिक्षण केन्द्र सञ्चालनमा आउने भएको छ ।
घोराही उपमहानगरपालिका–१५ भ्यालीटप टोलमा सञ्चालनमा आउन लागेको प्रशिक्षण केन्द्र मोफसलमै पहिलो व्यावसायिक फुटबल प्रशिक्षण केन्द्र हो ।

बालबालिकालाई फुटबल खेलसँगै खेलसँग सम्बन्धित आवश्यक नियमकानुनका बारेमा जानकारी दिने उद्देश्यले प्रशिक्षण केन्द्र स्थापना गरिएको छ ।

बढ्दो फुटबल खेलप्रति बालबालिकाको क्रेजलाई मध्यनजर गर्दै जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेल खेल्न सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यले लुम्बिनी फुटबल प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिएको केन्द्रका अध्यक्ष समिर वलीले बताए ।

Facebook Comments