• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
केन्द्रीय समिति विस्तार गर्ने माओवादी केन्द्रको निर्णय




काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने भएको छ । ३८५ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरेर ४०७ सदस्यीय बनाउने तयारी माओवादीको छ ।

आज बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको सचिव गणेश शाहले जानकारी दिए ।

त्यसका लागि आजबाट सुरु हुने केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्ताव पेश हुँदै छ । केन्द्रीय समितिबाट विधान संशोधन गरेपछि महिला, युवा र छुटेका केही सिनियर नेताहरुलाई केन्द्रीय समितिमा समावेश गर्ने बैठकपछि नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

माओवादी केन्द्रको पाँच दिने केन्द्रीय समिति बैठक आजदेखि प्रज्ञा भवन कमलादीमा सुरु हुँदै छ । माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय समेत गरेको छ।

Facebook Comments