• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रेडक्रसले थाल्यो घोराहीमा डेंगु रोग नियन्त्रण तथा रोकथाम अभियान




घोराही । नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखाले घोराहीमा डेंगु रोग नियन्त्रण तथा रोकथाम अभियान थालेको छ । अभियानको पहिलो चरणमा उपशाखाले घोराहीमा उपशाखाका कार्यसमिति तथा उपसमितिका सदस्यहरु तथा अटो भिलेजमा कार्यरत व्यवसायीसँग डेङ्गु रोग नियन्त्रण तथा यसको रोगथाम सम्वन्धी सचेतना कार्यक्रम गरेको छ ।

सचेतना कार्यक्रममा डेङ्गु रोग नियन्त्रण तथा यसवाट वच्ने उपायका विषयमा छलफल भएको थियो ।

छुट्टा छुटै दुइ स्थानमा भएका कार्यक्रमहरुमा घोराही उपमहानगरपालिकाका स्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख नारायण घर्ति र वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक राधा पौडेलले डेङ्गु रोग नियन्त्रण तथा यसवाट वच्ने उपाएका वारेमा प्रशिण दिनुभएको थियो ।

रेडक्रश घोराही उपशाखाले दोश्रो चरणमा डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि गत बर्ष डेङगो प्रभावित क्षेत्र अटो भिलेजका व्यवसायी, व्यवसायमा संलग्न कार्यरत कामदारहरूलाई लक्षित गर्दै “खोज र नष्ट गर” अभियान कार्यक्रम सम्पन्न गरेको छ । सचेतना कार्यक्रम उपशाखाका सभापति थम्मन चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका स्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख नारायण घर्तिको प्रमुख आथित्यता तथा नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाका मन्त्रि श्री प्रकाश श्रीवन्दज्यूका विशिष्ट आथित्यमा सम्पन्न भएको थियो ।

उपशाखाले अगामी दिनमा “खोज र नष्ट गर” अभियान, महिला स्वास्थ्य स्वयमंसेविका र जुनियर रेडक्रस सर्कलका सदस्यहरुलाइ डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि एक दिने सचेतना कार्यक्रम गरिने उपशाखा सभापति थम्मन चौधरीले जानकारी दिनुभयो ।

यस अघिको कार्यक्रम उपशाखा कोषाध्यक्ष दुर्गा खत्रीको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रम सचिव इन्द्र बुढाथोकीले सहजीकरण गर्नुभएको थियो ।

Facebook Comments