• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राजमो दाङद्वारा बैठकका निर्णयहरु सार्वजनिक




घोराही । राष्ट्रिय जनमोर्चा दाङ देउखुरीले बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सोमबार घोराहीमा सम्पन्न भएको बैठकका विभिन्न ६ बुँदे निर्णयहरु सार्वजनिक गरेका छन् ।
यस्ता छन्, राष्ट्रिय जनमोर्चा दाङ देउखुरीले गरेका ६ निर्णयहरु ः

            विषय ः प्रेस बिज्ञप्ती ।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीको बैठक अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा मिति २०८० श्रावण १५ गते जिल्ला सम्पर्क कार्यालय घोराहीमा बस्यो । बैठकले गरेका सार्वजनिक महत्वका निर्णयहरु सार्बजनिक गर्नको लागि यो प्रेस बिज्ञप्ति जारी गरिएको छ ।

१. सर्बप्रथम गत जेष्ठ १२ र १३ गते सम्पन्न भएको राष्ट्रिय जनमोर्चा दाङ देउखुरीको पाँचौ जिल्ला सम्मेलन भब्य एबम सब्यरुपमा सम्पन्न भएको समीक्षा गरियो ।

२. अहिले पार्र्टीले यो बर्षभरी कम्युनिस्ट पार्र्टी स्थापनाको हिरक जयन्ती र लेनिन सताब्दी स्मृति दिबस मनाइरहेको छ । यसै सन्दर्भमा आगामी असोज महिना भरी हजारौलाई कम्युनिस्ट पार्र्टीमा संगठित गर्ने योजनासहित संगठनात्मक अभियान संचालन गर्ने, त्यसको बिस्तृत योजना बनाउन आगामी भाद्र ९ गते जिल्ला भेला गर्ने र जिल्लामा कम्युनिस्ट आन्दोलनमा योगदान भएका जेष्ठ सदस्य तथा संस्थापकहरु समेतको उपस्थितिमा श्रावण महिनाभित्र बृहत बृक्षारोपन कार्यक्रम गर्ने निर्णय भएको छ ।

३. हाम्रो पार्र्टी प्राकृतिक श्रोत साधनमाथि भएको अनियंत्रित दोहनका विरुद्धमा बारम्बार खबरदारी गर्दै आइरहेको कुरा सर्बबिदितै छ । यसै सन्दर्भमा केही समय अगाडि राप्ती नदिको दोहन र त्यहा भएको भ्रष्टाचारको कुराको बैठकमा विशेष ध्यानाकर्षण भयो । त्यो दोहन र भ्रष्टाचारमा जिल्लाको सुरक्षा निकायका प्रमुख , जनप्रतिनिधि र स्थानीय संचारकर्मीहरुको समेत नाम जोडीनु , राजनीतिक ब्यक्तिहरु ठेकेदार बन्नु तथा उनैले भ्रष्टाचारको कुरा सार्वजनिक गर्नु र अहिले सम्म पनि त्यो विषयमा सत्य तथ्य सार्बजनिक नगर्ने र दोसिलाइ कारबाही प्रक्रिया अगाडी नबढाउने कुराको बैठकमा विशेष ध्यानाकर्षण भयो । बैठकले तत्काल दोसि लाई कारबाही गर्न वा सत्य तथ्य सार्वजनिक गर्न जोडदार माग गर्ने निर्णय गरेको छ ।

४. सरकारले किसानहरुलाई खेती गर्ने समयमा अनुदानको मल पुराउन नसकेको र किसानहरु बाध्यताले महङ्गोमा गुणस्तरहिन रासायनिक मल प्रयोग गर्न बाध्य भएको बिषयप्रति बैठकमा ध्यानाकर्षण भयो । सरकारको गैर जिम्मेवार प्रवृत्तिप्रति क्षोभ प्रकट गर्दै बिरोध गर्ने र आगामी दिनमा यस्ता क्रियाकलाप नदोर्होयाउन ध्यानाकर्षण गराउने निर्णय भयो ।

५. अहिले बर्षातको समय भएको कारण बाडिपहिरो तथा प्राकृतिक प्रकोपको सम्भावनालाई मध्यनजर गरि पीडितहरुको उद्दार र राहतमा ध्यान दिन सम्पुर्ण पार्टी कार्यकर्तालाई अनुरोध गर्ने निर्णय भयो ।

६. बिकास निर्माणका कामहरुमा व्यापक रूपमा गुणस्तर मापनमा अनियमितता भएको छ । जसका कारण पक्की गरेका सडक र पुलहरू एक वर्ष पनि नचल्दै धोस्त हुने गरेका छन् । गुणस्तर मापनकर्ताहरु नै सेटिङमा पास गर्नुका कारण यो अवस्था उत्पन्न भएको हो । त्यसैले त्यसको प्रमाण पहिचान गरि भण्डाफोर गर्न स्थानीय संगठनहरुलाई परिचालन गर्ने निर्णय भएको छ ।

मिती २०८०/०४/१६
गणेश आचार्य
अध्यक्ष

Facebook Comments