• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ओभरलोड बोक्ने मालवाहक ट्रकलाई कारवाही




देउखुरी । ओभरलोड बोक्ने मालबाहक सवारी साधनलाई कारवाही गरिएको छ । राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिले पूर्व–पश्चिम राजमार्ग भएर गुड्ने तर ओभर लोड बोक्ने सवारी साधनलाई निगरानी गरेको छ । समितिले निगरानी गर्ने र ट्राफिक प्रहरीले ओभरलोड बोक्ने सवारी साधनलाई कारवाही गरेको हो ।

दाङका दुईवटा सिमेन्ट उद्योग र चन्द्रौटाको एउटा उद्योगबाट सिमेन्ट बोकेका ट्रकले ओभरलोड बोक्दै आएको फेला परेको छ । पटक–पटक जानकारी दिदा पनि अटेरी गरेपछि समितिले आफैले अनुगमन गरेर ट्रकहरुलाई कारवाही गरेको राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठ आफै अनुगमनमा निस्केपछि ओभरलोड बोकेका १५ वटा मालवाहक ट्रक फेला परेका थिए । ‘निर्वाधरुपमा ओभरलोड बोक्ने गरिएको फेला प¥यो । हामीले निगरानी बढाएका छौं’– अध्यक्ष श्रेष्ठले भन्नुभयो– ‘अर्को कुरा उद्योगले दुई वटासम्म बिल बनाउने गरेको पनि भेटियो । ओभरलोड बोक्ने सवारी साधनलाई उद्योगले दुईवटा बिल दिएर संरक्षण गरेको देखियो ।’

दाङको सम्राट सिमेन्ट उद्योग र घोराहीस्थित सगरमाथा सिमेन्टबाट लोड भएका, यस्तै बालाजी सिमेन्ट उद्योग चन्द्रौबाट लोड भएका ट्रक फेला परेका हुन् । यातायात व्यवस्था विभागले नेपाली नम्बर प्लेटका सवारी चक्काको आधारमा १२ चक्के ट्रकको अधिकतम भारबहन क्षमता २१ टन कायम गरेको छ । तर १२ चक्के ट्रकले २५ टनसम्म लोड बोकेको पाइएपछि कारवाहीमा परेका हुन् । ओभरलोड बोक्ने ना ६ ख २३५७ , ना ६ ख २१७७, ना ६ ख ३२७६, ना ६ ख ६२६७, सु प प्र ०१००१ख २९४२, ना २ क ७४९ र सु प प्र ०१ ००१ ख ३२८३ नम्बर लगायतका ट्रक कारवाही परेका हुन् । ट्राफिक प्रहरीले ट्रकहरुलाई तीन घण्टा रोकेर जरिवाना गरेको थियो ।

Facebook Comments